Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि अध्ययन समिति

Cloth1-1474550687.jpg

६ असोज, हेटौँडा । १६ बर्ष अघि बन्द भएको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले समिति गठन गरेको छ ।

२०५७ सालदेखि बन्द रहेको उद्योग संचालनबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पुष्कर बज्राचार्यको संयोजक र सदस्यमा अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुसाल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि, निजि क्षेत्रको तर्फबाट रामएकवाल यादव, विना गौतम र अजय मुडवरी रहेका छन् । समितिले १५ दिनभित्र अध्ययन गरी प्रस्ताव पेश गर्ने छ ।

बन्द अवस्थामा रहेको उद्योग संचालन गर्ने भन्दै यसअघि पनि एक पटक सरसफाई भएको थियो । २०६५ सालमा तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईको पालामा उद्योग सञ्चालन गर्न भन्दै मर्मतसम्भारका नाममा ८ करोड २९ लाख रुपैँया खर्च गरिएको थियो । त्यसपछि, आर्थिक बर्ष २०६८/०६९ मा उद्योग संचालनका लागि अध्ययन गर्न भन्दै उद्योग मन्त्रालयका सहसचिव यमकुमारी खतिवडाको संयोजकत्वमा गठित सात सदस्यीय अध्ययन टोली गठन गरिएको थियो ।

२०६९ साल माघ १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले हेटौँडा कपडा उद्योग लिमिटेड खारेज गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सम्पत्ति सुम्पिएको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पनि उद्योगको जग्गामा नयाँ उद्योगहरु राख्नका लागि तयारी गरिरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार