१३ असार, हेटौँडा । सडक निर्माणको ठेक्का लिई काम नगर्ने निर्माण व्यवसायी (ठेकेदार) लाई कारवाहीको माग गर्दै हेटौँडा ६ नम्बर वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्राचार गरेको छ ।
वडा कार्यालयले सडक बोर्ड अन्तरगत प्राप्त बजेटबाट निर्माण गर्नुपर्ने हेटौँडा–६ चौघडादेखि रंगशालासम्मको कालोपत्रे नगरेको भन्दै ठेकेदारलाई कारवाहीका लागि प्रशासनलाई पत्राचार गरेको हो । आव ०७३/०७४ को बजेट अनुसार ठेक्का लिएको शुभेच्छा निर्माण सेवाले काम नगरेको भन्दै कारवाहीका लागि पत्राचार गरेको वडा अध्यक्ष अर्जुनप्रसाद चोलागाईले बताए ।
२०७४ बैशाख अघि भएको सम्झौता समाप्त भई २०७५ असार समान्तसम्मका लागि सम्झौताको म्याद थप भएको थियो । तर असार सकिन लाग्दा पनि निर्माण व्यवसायीले काम नगरेको भन्दै भुक्तानी रोक्का गरी छिटो भन्दा छिटो काम सम्पन्न गराउन आवश्यक प्रकृया अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।
शुभेच्छाद्वारा सडक बोर्ड र नगरपालिकाबाट लगानी गर्ने गरी सम्झौता भएको अन्य क्षेत्रको कामको समेत भुक्तानी रोकी आवश्यक कारवाही अघि बढाउन प्रशासनलाई आग्रह गरिएको छ भने यसको जानकारी हेटौँडा उपमहानगरपालिका कार्यालयलाई पनि दिईएको वडा अध्यक्ष चौलागाईले बताए । सडक कालोपत्रेको काम अघि बढाउन पटक पटक पहल गर्दा निर्माण व्यवसायी सम्पर्कमा समेत नआएको पत्रमा उल्लेख छ । पत्र प्राप्त भएपछि निर्माण पक्षलाई प्रशासन कार्यालयले असार २० गतेभित्र काम सम्पन्न गर्न अल्टिमेटमसहित निर्देशन दिएको छ । समयमा सम्पन्न नभए कारवाही प्रक्रिया अघि बढाउने प्रशासनले जनाएको छ ।
सडकमा ठूला ठूला खाल्डाखुल्डी हुँदा विद्यार्थी, वडा कार्यालयका सेवाग्राहीसहित यस सडकबाट पूर्वी मकवानपुर आवतजावत गर्ने सयौं सवारीलाई समस्या परेको चौलागाईको भनाई छ । ५५ लाख रुपैँयाको लागतमा निर्माण हुन लागेको सडकको लम्बाई २.४ किलोमिटर छ ।
६ फागुन, हेटौंडा। विगत केही समयदेखि हेटौंडा २ र वडा नम्बर ४ र आसपास स्थानमा खानेपानीको धारामा जडान गरिएको मिटर...
६ फागुन हेटाैडा । हेटाैडा- ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहले आयाेजना गरेकाे वक्तृत्वकला...
६ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न...
६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको...
६ फागुन, हेटौंडा । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न...
६ फागुन, हेटौंडा । राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको...
६ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो...
६ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी,...
६ फागुन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
५ फागुन, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले बिगत २० वर्षदेखि संचालनमा नरहेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...
२९ माघ, हेटौंडा। उच्च अदालत पाटन इजलासले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन...