Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

नायक राजेश हमालबारे केही जानकारी

Rajesh-Dai-1474969524.jpg

राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन् । उनको जन्म ९ जुन १९६४ मा पाल्पाको तान्सेनमा भएको हो । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ । उनलाई यसै कारण महानायक भन्ने गरिएको छ । अभिनय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ । उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र 'सकुन्तला' मा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्।
शुरूवाती जीवन
उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन् । उनका पिता केही समयसम्म नेपालका राजदूत थिए । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।
अभिनय यात्रा
सर्वप्रथम सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौंमा र्यापमा हिँडेर ग्ल्यामरमा प्रवेश शुरू गरेका थिए । एक वर्षमा उनले औषत १०/१२ वटा सम्म चलचित्रहरूमा उनले अभिनय गर्ने गरेका छन् भने सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए । १७० भन्दा बढी नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन् । आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् । उनी नेपाली चलचित्रका महानायक मानिन्छन् ।
व्यक्तिगत जीवन
राजेशको प्रेम जीवन पनि रोमान्चित खालको रहेको छ । धेरै जनासँग उनको नाम जोडिए पनि हालै  उनी विवाह बन्धनमा बाँधिएका छन् ।
चलचित्रहरू
युगदेखि युगसम्म              बसन्ती                    जीवनदाता           देउता
गोरेटो                     द युगदेखि युगसम्म              ढुकढुकी            अर्जुन
अल्लारे                             आफन्त                    धर्मा             खान्दान
चमत्कार                         अधिकार                    सन्यास            दुलही
हामी तीन भाइ                    सडक                      चट्याङ            पृथ्बी 

अपराध                           परिभाषा                      कवच      सपनाको नौलो संसार    

राजनीति                      अजम्बरी नाता               पालेदाई         किन किन

सपना                              तडप                        बरदान       छबिलाल कन्जुस छैन        

दुःख                             आशीर्वाद                     जंगवाज        को भन्दा को कम            

प्रतिक्षा                            संघर्ष                         बाटूली            मैदान            

करन अर्जुन                     कर्णबीर                      कर्म योद्दा      भगवान सबैको            

स्वाभिमान                      चोर सिपाही              मेरो राजेश दाई      बागमती

मुखौटा                        सकुन्तला


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार