Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

चौघडामा कालोपत्रे उक्किएपछि बालुवा छरियो

Sadak1-1532084351.jpg

४ साउन, हेटौँडा । कालोपत्रे गरेको भोलिपल्टै उक्किएको गुनासो आएको हेटौँडा–६ स्थित चौघडा रंगशाला सडकमा निर्माण कम्पनी शुभेच्छा निर्माण सेवाले बालुवा छरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । कालोपत्रे गरेको सडकमा हात्तिलेटदेखि चौघडासम्म दर्जनौं स्थानमा कालोपत्रे उक्किएपछि विहिबार साँझ बालुवा छरेको हो । 
बुधबार गरेको कालोपत्रे सवारी गुड्दा उक्किन थालेपछि ठेकेदार कम्पनीले बालुवा छरेको चौघडाका अस्मिर खानले बताए । उनले ठेकेदारले पानी परेको बेलामा पनि कालोपत्रे गर्दा यस्तो भएको गुनासो गरे । बालुवा छरेपछि उक्किएको ठाउँ बालुवाले पुरिएको उनीको भनाई छ । आफुहरुले पटक पटक ठेकेदारलाई भत्किएको स्थानमा पुनः कालोपत्रे गर्न भनेपनि वेवास्ता गरेको उनको भनाई छ ।
६ नम्बर वडा कार्यालय अगाडि नै बीच सडकमा कालोपत्रे उक्किएको उनीहरुको गुनासो छ । नगरपालिकाका प्राविधिकले नै काम नगर्न भनेपनि ठेकेदारले समस्या आए आफुले पुनः कालोपत्रे गरिदिने बताएपछि कालोपत्रे भएको थियो । शुक्रबार पनि पानी परेको अवस्थामा स्थानीयको असहमतिका बाबजुद कालोपत्रे गर्ने तयारी गरेको थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने कमसल कामको रकम निकासा भए हेटौँडा उपमहानगरपालिकाले जवाफ दिनुपर्ने बताए । उनले आफुले स्थानीयबाट गुनासो आएपछि उपमहानगरपालिकाका प्राविधिकलाई पनि यसबारे सचेत गराएको बताएका छन् ।

sadak2-1532084351.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

थप समाचार