१० साउन, हेटौंडा । हेटौडा–६,चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ४४ लाखको कारोवार गर्न सफल भएको छ ।
सहकारीले शेयर विक्रीबाट १ लाख ४४ हजार, निक्षेप संकलनबाट ४० लाख ३७ हजार,ऋण असुलीबाट ८४ लाख ७५ हजार, ऋण लगानीबाट व्याज असुली १५ लाख १ हजार,कर्जा व्यवस्थापनबाट १ लाख १८ हजार आम्दानी गर्न सफल भएको संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीले बताए । नयाँ शेयर सदस्यताबाट ७ हजार, शेयर संस्कार मृतक कोषबाट २७ हजार र विलम्व शुल्कबाट ६१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
संस्थाले ऋण लगानीमा १ करोड १८ लाख, निक्षेप फिर्तामा १७ लाख,साधारण सभामा ६९ हजार सहकारी शिक्षा शिविरमा ५ हजार, कर्मचारी तलवमा १ लाख २४ हजार, घरभाडामा २४ हजार,भवन निर्माणमा ३ लाख ४० हजार, मसलन्दमा ८ हजार,शुभकामना विज्ञापनमा ४ हजार खर्च गरेकोसंस्थाका उपाध्यक्ष उदयप्रकाश दहालले बताए ।
२०५५ सालमा स्थापना गरिएको यो संस्थाले हेटौडा–६ चुच्चेखोलामा साढे ९ धुर जग्गा खरिद गरि संस्था र अन्य संघसंस्था, व्यक्ति समेतको सहयोगमा यसै आर्थिक वर्षमा भवन बनाउने लक्ष्य राखेको छ । हाल सम्म संस्था, विभिन्न संघसंस्था,शेयर सदस्य र शुभचिन्तकहरुको सहयोगमा पिल्लर सम्मको निर्माण कार्य भैसकेको संस्था संचालक समितिका सदस्य राजकुमार विडारीले बताए ।
संस्थाको भवन बनाउने कार्यमा हामी सदैव सहयोग गर्न तैयार छौ । यो संस्था हाम्रो गहना हो । संस्थाका सल्लाहकार उदय विडारीले बताए । हाल संस्थामा ५ सय ३५ जना शेयर सदस्यहरु आवद्ध छन ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







