८ भदौ, हेटौँडा । हेटौंडा–१ चौकीटोलमा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औं स्थापना दिवसको अवसर पारेर शुक्रबार स्थानीय सुन्दर मिनी मार्केट परिसरमा रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीको सभाध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यतामा भएको २० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष सविन न्यौपाने, केन्द्रीय दुग्ध संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, सुन्दर सावउस अध्यक्ष कमल लामालगायतले रक्तदान कार्यक्रम, सहकारी संस्थाको महत्वबारे प्रकाश पार्दै संस्था स्थापनाको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा संस्थाले हरेक वर्षझैं वार्षिकोत्सवको अवसरमा स्थानीय ॐ बृद्धाश्रमलाई नगद १० हजार रुपियाँ सहयोग गरेको थियो । यसै क्रममा संस्थाका अध्यक्ष नकर्मी, सुकृतराज पराजुली र मुन्ना सिनोरिया बनियाँले संयुक्तरुपमा ५० हजार रुपियाँको अक्षयकोष खडा गरी प्राप्त व्याजबाट ॐ बृद्धाश्रममा आश्रित बृद्धहरुको सेवा गर्ने गरी आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई चेक हस्तान्तरण गरेका थिए ।
यसैगरी, रोटो प्रिन्ट एण्ड प्याकेजिङ प्रालिको प्रायोजनमा एक सय थान डस्टबिन वितरण गर्ने कार्यक्रमको सुरुवातस्वरुप स्थानीय श्रेष्ठ होटलका सञ्चालक मिना श्रेष्ठ, ॐ वृद्धाश्रम र प्रहरी चौकी चौकीटोललाई एक एक थान डस्टविन वितरण गरिएको थियो ।
संस्थाका लेखा समिति संयोजक एसिस रिजालले स्वागत गरेको कार्यक्रम लेखा समिति सदस्य सन्तोष पराजुलीले सञ्चालन गरेका थिए । कार्यक्रममा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि.का शाखा प्रबन्धक बिजय पुडासैनी, सुन्दर युवा सञ्जालका अध्यक्ष जीवन छत्कुली, चौकीटोल प्रहरी चौकीका इन्चार्ज प्रसनि विष्णुप्रसाद दाहाल, संस्थाका सल्लाहकार केदारलाल श्रेष्ठ, शिक्षा उपसमिति संयोजक गणेशप्रसाद पराजुली, अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक पुरुषोत्तम पराजुलीलगायत सहभागी थिए ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)