Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चौघडा बचतको अध्यक्षमा पुनः श्यामप्रसाद श्रेष्ठ

Chaughada-Sahakari-1535809267.jpg

१६ भदौ, हेटौँडा । चौघडा बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः श्यामप्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन । सहकारीको शनिवार सम्पन्न भएको दशौं वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

संस्थाको सदस्यमा विजयकुमार श्रेष्ठ,अर्जुनप्रसाद हुमागाई,त्रिविक्रम मानन्धर,ईश्वर बानियाँ,रामहरी तिमल्सिना,शुभद्रा आचार्य, सरोजकुमार श्रेष्ठ र बद्रीबहादुर राई चयन भएका छन । लेखा सुपरीवेक्षण समितिको संयोजकमा ध्रुवप्रसाद अधिकारी र सदस्यहरुमा शुभेच्छा श्रेष्ठ र कृष्णबहादुर मानन्धर चयन भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख अतिथ्यता एवं संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले बार्षिक प्रतिवेदन, संस्थाका कोषाध्यक्ष त्रिविक्रम मानन्धरले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक ध्रुव अधिकारीले लेखा समिति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता धनेश्वरी श्रेष्ठ र विषम धिताल, उत्कृष्ट ऋणी लक्ष्मी श्रेष्ठ र सिताराम राई, बाल बचतकर्ता कौस्तुप दुलाल र बेहङ्गम कायस्थलाई सम्मान गरिएको छ । कार्यक्रममा संस्थामा कार्यरत रमिता बानियाँलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा सभामा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि का अध्यक्ष बासुदेव अधिकारी, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, हेटौंडा बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष विजय बहादुर बस्नेत, रानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण विडारी, संस्थाका सल्लाहकार श्यामसुन्दर श्रेष्ठ, विनोदचन्द्र कोइराला लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार