Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा एफ एमको खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न 

unnamed-1536340633.jpg

 

२२ भदौं, हेटौँडा । हेटौंडा ४ मा रहेको हेटौंडा   एफ एमले ११ औ खुल्ला तीज गीत प्रतियोगिता तथा तीज गीत महोत्सब  सम्पन्न गरेको छ ।  हरितालिका तिजको अवसर पारेर रेडियोले  मकवानपुरका गाउँ गाउँका नारिहरुको प्रतिभालाई प्रस्तुत गर्दै आएको हो ।

लक्की ज्वेलर्स प्रालिको प्रयोजन तथा शिबम सिमेन्ट उद्योग लिमीटेड र रोहिणी हाउजिङ तथा सप्लायर्ष प्रालिको सह प्रायोजनमा कार्यक्रम गरेको हो ।  प्रतियोगितामा सामना समुह प्रथम भएको छ । समुहले  १५ हजार रुपैयाँ नगद, प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी एकता महिला समुह द्धितीय भएको छ । एकता महिला समुहले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी मकवानपुर गढी गाउँपालिकाको युवा महिला संजाल समुह तेस्रो हुँदै नगद र प्रमाणपत्र हात पारेको छ । आजको प्रतियोगितामा राम्रो नाच्ने प्रेमा लोप्चनले २० ग्राम चाँदीको सिक्का प्रप्त गरेकी छिन  । त्यसैगरी गोपीनी दाहाल, सकुन्तला सिग्देलले चाँदीको पाउजु प्राप्त गरेकी छिन  । प्रतियोगितामा बिजयी र राम्रो नृत्यगर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै लामाले तीजलाई भड्कीलो भन्दा पनि सभ्य रुपमा मनाउनका लागि सबैलाई आग्रह गर्नुभयो । महिलाहरुको महानपर्ब भएकाले यसलाई सभ्य रुपमा मनाउनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा १० वटा महिलाका टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका हेटौंडा एफ. एमका प्बन्ध निर्देशक उज्वल चौलागाईले तीज पर्ब १० बर्षदेखि अनबरत रुपमा गरिदै आएको बताउनुभयो । गाउँ गाउँमा रहेका महिलाहरुका प्रतिभाहरुलाई मिडीयाका माध्यमले पुरस्कृत गर्दै पनि आएको बताउनुभयो । तीज पर्ब हर्षोलास पुर्बक मनाउनका लागि उहाँले आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा लोकप्रीय गायिकाहरु मण्डबी त्रीपाठी, सहिमा श्रेष्ट, टिका प्रसाई, नबिन पौडेलको स्वरमा मिठा मिठा गितहरुमा छमछमी नाच्नेहरु धेरैनै रहेका थिए । त्यसैगरी कार्यक्रममा हेटौंडाको नाट्यस्वरी कलाकेन्द्र लगायतकाको टिमले नाच प्रस्तुत गरेको थियो । कार्यक्रममा उद्योग संघ मकवानपुरका सचिब बासु कार्की, नारी सिप सृजना केन्द्र मकवानपुरका अध्यक्ष उमा सुबेदी, शिबम सिमेन्ट उदोगका अच्युत पराजुली लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । प्रतियोगितामा ईस्वर खड्का, ज्ञानु थापा, प्रलय चौलागाईले निणायकको भुमिका निर्बाह गर्नुभएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार