११ असोज, हेटौँडा । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको आयोजनामा हेटौँडामा विहिबार पशु विमा सम्बन्धी गोष्ठी भएको छ ।
गोष्ठीमा आफ्नो कार्यपत्र प्र्रस्तुत गर्दै केन्द्र्र संघका अध्यक्ष नारायण देवकोटाले पशु विमा गर्दा पशुधन सुरक्षण हुने भएकाले यसतर्फ सबै किसानलाई आवद्ध गर्नुपर्नेमा जोड दिए । उनले पशुविमा गरिएको पशुको मृत्यु भएमा रकम सहज ढंगबाट प्र्राप्त हुने र छिटै नयाँ पशु खरिद गर्न पाउने सुविधा रहेको बताए । उनले पशु विमालाई सहज बनाउन सहकारीमार्फत यसलाई अघि बढाउनुपर्नेमा जोड दिंदै उनले विमा कम्पनीहरु पनि शहर केन्द्र्रीत मात्रै नभई ग्रामिण भेगसम्म पुग्ने पर्ने बताए । किसानले तिरेको प्रिमियम र सरकारले थपेको अनुदान रकम कम्पनीकै हुने अवस्था रहेकोमा यसलाई परिमार्जन गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा क्यानेडियन स्वयम्सेवक ग्रटा, नेशनल लाईफ इन्स्योरेन्सका बजार प्र्रमुख विवेक शर्मा लगायतले सहजिकरण गरेका थिए । जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय संघका उपाध्यक्ष रामेश्वर पोखरेल, जिल्ला संघका व्यवस्थापक कुमारमणी दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बारा, चितवन र मकवानपुरका दुग्ध सहकारीमा आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







