Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

पशुको विमा गर्न केन्द्रीय संघ अध्यक्ष देवकोटाको आग्रह

Pasu-Bima-1538027035.jpg

११ असोज, हेटौँडा । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको आयोजनामा हेटौँडामा विहिबार पशु विमा सम्बन्धी गोष्ठी भएको छ । 
गोष्ठीमा आफ्नो कार्यपत्र प्र्रस्तुत गर्दै केन्द्र्र संघका अध्यक्ष नारायण देवकोटाले पशु विमा गर्दा पशुधन सुरक्षण हुने भएकाले यसतर्फ सबै किसानलाई आवद्ध गर्नुपर्नेमा जोड दिए । उनले पशुविमा गरिएको पशुको मृत्यु भएमा रकम सहज ढंगबाट प्र्राप्त हुने र छिटै नयाँ पशु खरिद गर्न पाउने सुविधा रहेको बताए । उनले पशु विमालाई सहज बनाउन सहकारीमार्फत यसलाई अघि बढाउनुपर्नेमा जोड दिंदै उनले विमा कम्पनीहरु पनि शहर केन्द्र्रीत मात्रै नभई ग्रामिण भेगसम्म पुग्ने पर्ने बताए । किसानले तिरेको प्रिमियम र सरकारले थपेको अनुदान रकम कम्पनीकै हुने अवस्था रहेकोमा यसलाई परिमार्जन गर्नुपर्ने उनको भनाई थियो । 
कार्यक्रममा क्यानेडियन स्वयम्सेवक ग्रटा, नेशनल लाईफ इन्स्योरेन्सका बजार प्र्रमुख विवेक शर्मा लगायतले सहजिकरण गरेका थिए । जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय संघका उपाध्यक्ष रामेश्वर पोखरेल, जिल्ला संघका व्यवस्थापक कुमारमणी दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा बारा, चितवन र मकवानपुरका दुग्ध सहकारीमा आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार