Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

उपभोक्ता ठग्नेलाई अन द स्पट कारबाहि गरिन्छः प्रजिअ तामाङ्

42627529_1947099108931264-1538038063.jpg

सुनिल शिवाकोटी 
११ असोज, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी  आस्मान तामाङले चाडपर्व नजिकिए संगै उपभोक्ताहरु ठगिने क्रममा वृद्धि हुने भन्दै  असोज १५ गते  सोमबारबाट  मकवानपुर सदरमुकाम हेटौँडा संगै ग्रामिणलाई लक्षित गरि प्रशासनले एक्टिभका साथै  सरप्राइज अनुगमन गर्ने   बताए  । 
बिहिबार  न्यूज क्लब नेपालको  आयोजना  हेटौँडामा भएको  चाडवाडमा बजार अनुगमन तथा व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ तामाङले यसो बताएका हुन । 
  प्रजिअ तामाङले हिजको दिन के भयो म जान्दिन अब एक्टिभका साथै  सरप्राइज  अनुगम हुन्छ र उपभोक्तालाई ठग्ने काम जस्ले गर्छ त्यस्ता व्यापारीलाई अन द स्पोर्ट कारबाहि गरिने बताए ।  उनले विगतमा अनुगनमा जानेहरुले बदमासी गरेको भन्दै अब सरप्राइज तरिकामा  आफु नेतृत्वको जिल्ला अनुगमन समितिले सोमबारदेखि खाद्यान्न, माछामासु, यातायात, सुर्तिजन्य वस्तु, मदिरा लगायत विभिन्न वस्तुहरुमा अनुगमन गर्ने बताए । उनले  गुणस्तरीय वस्तुको उपभोग गर्न पाउनु संवैद्यानिक व्यवस्था भएकोले चाडपर्वका बेला व्यवसायीले  म्याद नाघेका, तौल कम भएका गुणस्तरहिन सामग्री बिक्री गर्ने गरेको पाईएकोले   कसैलाई पनि खबर नगरी बजार अनुगमन गरिने जानकारी दिए । उनले उपभोक्तालाई कम तौल, म्याद नाघेका एवं कम गुणस्तरका वस्तु बेचेको भेटिएमा आफुलाई जानकारी गराउन अनुरोध गर्दै त्यस्ता  व्यापारीलाई कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए ।  
अन्तरक्रियामा बोल्दै  मकवानपुर च्याम्बर अफ कमर्सका अध्यक्ष विजय श्रेष्ठले  व्यवसायीले पनि चाडपर्वको समयमा धेरै सामान स्टक राख्ने गरेको र त्यसो गर्दा उपभोक्त ठगिने भन्दै त्यसो नगर्न व्यवसायीलाई आग्रह गरे ।

त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले गुणस्तरहिन सामानका बारेमा अब  उपभोक्ता आफै सचेत हुनुपर्नै भन्दै प्रशासनलाई बजार अनुगमन मसिक रुपमा  गर्न आग्रह गरे  ।

 त्यसैगरी पत्रकार महासंघ मकवानपुुरका अध्यक्ष हरि हुमागाईले  अनुगमनको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले  बजार अनुगमनमा कडाईका साथ कार्यन्यन गरिनु पर्ने बताए । कार्यक्रम  न्यूज क्लब नपालका अध्यक्ष धर्मेन्द्र दाहालको सभाध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार