सुनिल शिवाकोटी
११ असोज, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले चाडपर्व नजिकिए संगै उपभोक्ताहरु ठगिने क्रममा वृद्धि हुने भन्दै असोज १५ गते सोमबारबाट मकवानपुर सदरमुकाम हेटौँडा संगै ग्रामिणलाई लक्षित गरि प्रशासनले एक्टिभका साथै सरप्राइज अनुगमन गर्ने बताए ।
बिहिबार न्यूज क्लब नेपालको आयोजना हेटौँडामा भएको चाडवाडमा बजार अनुगमन तथा व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ तामाङले यसो बताएका हुन ।
प्रजिअ तामाङले हिजको दिन के भयो म जान्दिन अब एक्टिभका साथै सरप्राइज अनुगम हुन्छ र उपभोक्तालाई ठग्ने काम जस्ले गर्छ त्यस्ता व्यापारीलाई अन द स्पोर्ट कारबाहि गरिने बताए । उनले विगतमा अनुगनमा जानेहरुले बदमासी गरेको भन्दै अब सरप्राइज तरिकामा आफु नेतृत्वको जिल्ला अनुगमन समितिले सोमबारदेखि खाद्यान्न, माछामासु, यातायात, सुर्तिजन्य वस्तु, मदिरा लगायत विभिन्न वस्तुहरुमा अनुगमन गर्ने बताए । उनले गुणस्तरीय वस्तुको उपभोग गर्न पाउनु संवैद्यानिक व्यवस्था भएकोले चाडपर्वका बेला व्यवसायीले म्याद नाघेका, तौल कम भएका गुणस्तरहिन सामग्री बिक्री गर्ने गरेको पाईएकोले कसैलाई पनि खबर नगरी बजार अनुगमन गरिने जानकारी दिए । उनले उपभोक्तालाई कम तौल, म्याद नाघेका एवं कम गुणस्तरका वस्तु बेचेको भेटिएमा आफुलाई जानकारी गराउन अनुरोध गर्दै त्यस्ता व्यापारीलाई कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए ।
अन्तरक्रियामा बोल्दै मकवानपुर च्याम्बर अफ कमर्सका अध्यक्ष विजय श्रेष्ठले व्यवसायीले पनि चाडपर्वको समयमा धेरै सामान स्टक राख्ने गरेको र त्यसो गर्दा उपभोक्त ठगिने भन्दै त्यसो नगर्न व्यवसायीलाई आग्रह गरे ।
त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले गुणस्तरहिन सामानका बारेमा अब उपभोक्ता आफै सचेत हुनुपर्नै भन्दै प्रशासनलाई बजार अनुगमन मसिक रुपमा गर्न आग्रह गरे ।
त्यसैगरी पत्रकार महासंघ मकवानपुुरका अध्यक्ष हरि हुमागाईले अनुगमनको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा कडाईका साथ कार्यन्यन गरिनु पर्ने बताए । कार्यक्रम न्यूज क्लब नपालका अध्यक्ष धर्मेन्द्र दाहालको सभाध्यक्षतामा भएको थियो ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)