Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

दशैंमा मासुजन्य रोगबाट कसरी बच्ने

मासु एक पौष्टिक आहार हो जसमा १५ देखि २० प्रतिशत प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियम जस्ता तत्वहरु पनि प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वहरु हाम्रो शरीरलाई अत्यावश्यक तत्वहरु हुन् । तर, यसका बाबजुद मासुले धेरै किसिमका रोगहरु पनि निम्त्याउँछ । हार्वाड विश्वविद्यालयमा भएको एक अध्ययनअनुसार दैनिक रातो मासुको सेवनले मुटु रोग र क्यान्सरको सम्भावना बढाउँछ । यसका साथसाथै धेरै मासु खानाले हड्डी कमजोर हुने, आथ्र्राइटिस ९जोर्नीसम्बन्धी रोग० हुने, कोलेस्ट्रोल बढ्ने तथा स्तन क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।
नेपालमा भने मासुबाट जुका पर्ने र ब्याक्टेरिया सङ्क्रमण हुने बढी पाइएको छ । कहिलेकाहीँ बर्ड फ्लु जस्ता भाइरल रोगहरु पनि आउँछ । दशैंलगत्तै फुड पोइजनिङ ९खानाको कारण हुने विषाक्तता० भई अस्पताल धाउनेहरुको संख्या नेपालमा धेरै छ ।
मासुबाट  रोग कसरी सर्छ त ?
– अस्वस्थ तथा विरामी पशुपंक्षीको मासु खाएमा
– मासु काट्ने तथा तयार गर्ने ठाउँ फोहोर भएमा र राम्ररी फ्रिजमा भण्डारण नगरेमा
– मासु काट्ने र तयार गर्ने व्यक्ति तथा हतियार स्वस्थ र सफा नभएमा
– बासी तथा सडेगलेको मासु खाएमा
– काँचो, पोलेको तथा नपाकेको मासु खाएमा
 स्वस्थ मासु कसरी चिन्ने र ?
– मासु किन्ने पसल सफा गरेर राखेको छ कि छैन हेर्ने
– मासु काट्दा र समाउँदा मासु तन्केको जस्तो हुन नहुने
– मासु फ्रिजमा भण्डारण गरेको हुनुपर्ने
– मासु हल्का गुलावी तथा हरियो प्याजी रङ्गको हुन नहुने
– असाधारण गन्ध नआएको हुनुपर्ने कस्तो मासु खाने, कस्तो नखाने रु
– राम्ररी पखालेको र राम्ररी पाकेको
– काँचो मासु (कचिला) र पोलेको मासु (छोयला) को प्रयोग सकेसम्म नगर्ने
– खुला राखेको र बासी मासु नखाने
– फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु पनि सकेसम्म नखाने
मासु कसरी भण्डारण गर्ने ?
– ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ ।
– फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने र कहिले पनि माथिल्लो भागमा नराख्ने । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरु मासुमै हुने तरल पदार्थमार्फत् तल झर्नसक्ने हुँदा तल राखिएका अन्य खाना, सागसब्जी, फलफूल तथा तरकारीहरुमा पर्नसक्ने खतरा हुन्छ ।
– मासुलाई अन्य पाकेका खानासँगै फ्रिजमा नराख्ने
दशैँमा ध्यान दिनुपर्ने कुराहरु
– दिनहुँ मासु प्रयोग नगर्ने
– हरियो सागपात, फलफूल र अन्य तरकारीहरु पनि बारम्बार खाइरहने
– माथि उल्लेख भएअनुसार स्वस्थ मासु पकाएर खाने र सकेसम्म मासुको प्रयोग कम गर्ने
– विश्वसनीय पसलबाट मात्र मासु किन्ने र आफूले तयार गर्दा सरसफाइमा ध्यान दिने
यी साधारण कुरा हुन् जसको ध्यान हामीले राख्यौँ भने रोगबाट सजिलै बच्न सकिन्छ र हाम्रो दशैं स्वस्थ र खुसीले बित्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार