Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३३ घाइते

Died-1541857827.jpg

२४ कार्तिक, हेटौँडा । देशका विभिन्न स्थानमा शनिबार भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । ति दुर्घटनामा ३३ जना घाइते भएका छन् । 

पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको निजगढ नगरपालिका वडा नम्बर ९ भमरा पुल नजिक जिप र ट्याक्सी ठोक्किदा ३ जनाको मृत्यु भएको छ । ग २ च २३२५ नम्बरको जीप र बा २ ज २११७ नम्बरको ट्याक्सी ठोकिदा ट्याक्सी चालक भक्तपुरका समुन्द्र श्रेष्ठ तथा ट्याक्सीमा सवार निजगढ ७ का आकाश माझी र विशाल माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते ट्याक्सीमा सवार नरेश माझी र अजुर्ण माझीको चितवनको भरतपुरस्थित पुरानो मेडिकलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक विक्रम लामाले जानकारी दिए ।

यस्तै, पृथ्वीराजमार्ग अन्तर्गत धार्दिङको बेनिघाटमा बस आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना ७ ख ५२८१ नम्वरका बस चालक चितवन पिप्लेका ४० बर्षिय ईश्वर भण्डारी छन् । ३१ जना घाइते भएको गजुरीका ट्राफिक प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए । 

यता, चितवन राप्ती नगरपालिका वडा नम्बर ६ मा नम्बर नखुलेको सवारीले ठक्कर दिदा ना ४० प ७०२४ नम्बरको मोटरसाइकलका चालक राप्ती –१ का २९ बर्षीय रमेशबाबु त्रिपाठीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg