१५ मंसिर, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले आव ०७४/०७५ मा शेयर सदस्यहरुबाट दुग्ध खरीद गरेवापत ५ करोड ५० लाख भुक्तानी दिएको छ ।
यो रकम संस्थाले ९ लाख ९१ हजार ८ सय ९५ लिटर दूध खरीद गरेवापत किसानहरुलाई भुक्तानी दिएको हो । संस्थाको शनिवार सम्पन्न भएको ३१ औं वार्षिक साधारणसभामा प्रस्तुत भएको संस्थागत प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । साधारणसभाको उदघाटन गर्दै प्रदेश ३ का भूमिसुधार, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश सरकारले सहकारीको विकासको लागि आवश्यक सहयोग गर्ने बताए । सहकारीको माध्यमबाट समृद्धिको ढोका खोल्न सकिने बताउदै मन्त्री लामाले सबैको सहयोग र साथ लिएर सहकारीको विकास गरिने बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष कृष्णप्रसाद दाहालले संस्थागत प्रतिवेदन र लेखा समितिका संयोजक मधुसुदन देवकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई,केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, सहकारी संघका केन्द्रीय सदस्य बद्रीप्रसाद लम्साल,मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी,संस्थाका संस्थापक अध्यक्ष हरप्रिसाद अधिकारी, पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेल,व्यवस्थापक बलराम हुमागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...
४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...
४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...


















