Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

चेतनशिल दुग्ध सहकारीको २२ औं भेला सम्पन्न

Chetansil-1543671865.jpg

१५ मंसिर, हेटौँडा । हेटौडा–१७ हटियामा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत प्रतिवेदन र लेखा समितिको संयोजक गोपालप्रसाद बस्ताकोटीले आव ०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा बढी दूध विक्री गर्ने पम्फा थापा, नवराज दुलाल, धनबहादुर कार्की, गुणस्तरीय दूध विक्री गर्ने कमलादेवी बलामी, बढी दिन दूध विक्री गर्ने ठूलीमैया थापा, गोठ सफा राख्ने अर्जुनप्रसाद वाग्लेलाई सम्मान गरिएको थियो । यसैगरी परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने अन्जन आचार्य, कृति अधिकारी, मोक्क्षता दहाल, पल्लव घिमिरे, कृष्ण प्रसाद सापकोटा र सुशान्त सापकोटा समेतलाई सम्मान गरिएको थियो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा साधारणसभा भएको थियो । भेलामा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, हेटौडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका सदस्य ईन्द्रबहादुर बस्नेत, अशोकबाटिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष योगनाथ दंगाल, संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद सापकोटा, बचत तथा ऋण उपसमिति संयोजक विष्णुमान श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

थप समाचार