Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

'मिलेर अघि बढे अार्थिक समृद्धि सम्भव'

20161023_182243-1477236645.jpg

७ कार्तिक, हेटौंडा । उद्योग मन्त्री नविन्द्रराज जोशीले सबै मिलेर अघि बढेमात्रै अार्थिक समृद्धि सम्भव हुने बताएका छन् । 
हेटौंडा सिमेन्ट उद्योगमा अाइतबार भएको अन्तरक्रियामा उनले कामदार, रोजगारदाता र सरकार मिलेर अघि बढेमात्रै अार्थिक समृद्धि सम्भव हुने बताए  । अौद्योगिक क्षेत्रमा देखिएको मालिक र मजदुरको सोचलाई बदलेर सहयात्रीको अवधारणा अघि सार्नु जरूरी रहेको मन्त्री जोशीको भनाई थियो । अहिले अौद्योगिक वातावरणबारे विदेशी लगानीकर्तामा गलत धारणा रहेकाले यसलाई चिर्न कामदार, रोजगारदाता र सरकार तीनै पक्षले ठोस काम गर्नु जरूरी रहेको मन्त्री जोशीले बताए । 
अाफु बन्द उद्योग सुचारू गरेर अघि बढ्ने पक्षमा रहेको बताउँदै यसका लागि केही निर्मम निर्णय लिनुपर्नेमा उनले जोड दिए । हायर एण्ड फायर, नो वर्क नो पे जस्ता विषयमा गलत प्रचार भईरहेको भन्दै भ्रमबारे स्पष्ट पार्न सरकार तयार रहेको भन्दै ढुक्क भएर काम गर्न कामदारहरू उनको अाग्रह थियो  । 
उद्योग सचिव शंकर कोइरालाले हेटौंडा सिमेन्ट उद्योग सम्बद्ध पक्षलाई निश्चित अवधिको विस्तृत कार्ययोजना ल्याउन सुझाव दिए । अन्तरक्रिया कार्यक्रममा उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंह र ट्रेड युनियनका प्रतिनिधिले उद्योगको अवस्था र सुधारका अपेक्षाबारे अवगत गराएका थिए । 
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघले मन्त्री जोशीलाई स्वागत गरेको थियो । अध्यक्ष राजकुमार न्यौपाने र महासचिव महेन्द्र राउतसहितको टोलीले अार्थिक क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराउन मन्त्री जोशीलाई संघको ध्यानाकर्षण अवधारणा पत्र समेत बुझाएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार