८ कार्तिक, हेटौंडा । सरकारले ल्याउन लागेको नयाँ अौद्योगिक व्यवसाय एेनमा मजदुर हित विपरितका प्रावधान राखेको भन्दै नेपाल कारखाना श्रमिक संघले अान्दोलन घोषणा गरेको छ ।
संघको हेटौंडामा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संसदबाट असोज १२ गते पारित अौद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा ४७ को उपदफा ६ र ७ संगठन स्वतन्त्रता र सामुहिक सौदावाजीको भावना विपरित भएको भन्दै विरोध गरेको छ । बैठकले बन्द हड्ताल र नो वर्क नो पे जस्ता विवादित विषयलाई सरोकारवालाहरूसंग छलफल नगरि एकपक्षीय ढंगबाट एेनमा राखिएको भन्दै अापत्ति जनाएको छ ।
मंगलबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष धिरेन्द्रकुमार सिंहले एेनको दफा ४७ को उपदफा ६ र ७ मा रहेको श्रमिक विरोधी विषय खारेजीको माग गर्दै कार्तिक १८ गते संघका जिल्ला समितिले श्रम कार्यालयमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताए ।
त्यसैगरी, मंसिर १ गते अौद्योगिक प्रतिष्ठानका ईकाई समिति र जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ८ गते सम्पूर्ण अौद्योगिक प्रतिष्ठानमा कालो व्यानर राख्ने निर्णय भएको छ । माग पूरा नभएर उद्योग प्रतिष्ठान बन्द गर्ने चेतावनी समेत संघको छ ।
बैठकले बन्द तथा रूग्ण उद्योग तत्काल संचालन गर्न र बन्द उद्योग एवं प्रतिष्ठानमा कार्यरत श्रमिकहरूको तलव तथा सुविधा उपलव्ध गराउन सरकार र व्यवस्थापनलाई दवाव दिने, ५ बर्षदेखि सामाजिक सुरक्षा कोष बापत कट्टा गरेको १% रकम प्रयोगका लागि सामाजिक सुरक्षा एेन पारितका लागि सम्बन्धित निकायसंग छलफल, दवाव र लविङ गर्ने समेत निर्णय गरेको छ ।
बैठकले अान्दोलन संचालन गर्न अध्यक्ष धिरेन्द्रकुमार सिंह संयोजक र सुरेश भगत, टेकेन्द्र पौडेल, विजय पौडेल, लक्ष्मणप्रसाद भट्टराई, प्रतिमा शाह र यमबहादुर श्रेष्ठ रहेको ७ सदस्यीय समिति र नयाँ संविधान अनुसार विधान संशोधनका लागि लक्ष्मणप्रसाद भट्टराई संयोजक, यम श्रेष्ठ, चन्दन झा, प्रेमशंकर पाण्डे र अनिल बस्ताकोटी सदस्य रहेको ५ सदस्यीय विधान संशोधन समिति गठन गरेको छ ।
पत्रकार सम्मेलनमा कारखाना श्रमिक संघका पदाधिकारी, ट्रेड युनियन कांग्रेसका पदाधिकारीको सहभागिता रहेको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















