भीमसेन पौडेल
६ साउन, हेटौडा । आव ०७२÷०७३ मा मकवानपुर जिल्लाको सामुदायिक वन विकास कार्यक्रम तर्फ हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह पहिलो भएको छ । यसैगरी फापरबारीमा रहेको नमोबुद्व सामुदायिक वन दोश्रो र मनहरीमा रहेको हरियाली सामुदायिक वन तेश्रो भएको छ ।
राष्ट्रपति चुरे तराई मधेश तर्फ हेटौडा ११ मा रहेको नवलपुर सरस्वती बसामाडी सामुदायिक वन पहिलो, हेटौडा २५ मा रहेको पञ्चकन्या सामुदायिक वन दोश्रो र हेटौडा २४ मा रहेको ज्योति सामुदायिक वन तेश्रो भएको छ । कबुलियती वन तर्फको पुरस्कारमा पहिलो त्रिभुवन राजमार्ग कमेरोडाडाँ कबुलियती वन, टिस्टुङ्ग ६, रुथुमभेक कबुलियती वन खैराङ ९ दोश्रो र महिला हरियाली कबुलियती वन सरिखेत तेश्रो भएका छन ।
सामुदायिक वन भित्र वन्यजन्तुको संरक्षण र बासस्थानमा प्रभावकारी काम गर्ने सामुदायिक वन समूहलाई पनि वन कार्यालयले पुरस्कृत गर्ने कार्यको शुरुवात २ वर्ष पहिले देखि गर्दै आएको छ । यो पुुरस्कार दुवै पटक हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वनले पाएको थियो । समूहले सालक लगायत अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ ।
यस वर्ष वन्यजन्तु तर्फको पुरस्कार मनहरीमा रहेको सीमपानी देवकोट संयुक्त सामुदायिक वनले पहिलो, चुरेकाड सामुदायिक वन हेटौडा १८ ले दोश्रो र पञ्चकन्या सामुदायिक वन कोगटे ८ ले तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएका छन । यसैगरी निजी वन तर्फ हेटौडा ६ का किसान यादवप्रसाद उप्रती पहिलो आमभन्ज्याङ्ग ७ का किसान लालबहादुर बजगाई दोश्रो र हेटौडा ११ का किसान केदारप्रसाद बर्तौला तेश्रो भएका छन ।
निमित्त स्थानीय विकास अधिकारी किसन न्यौपानेको अध्यक्षतामा क्षेत्रीय वन निर्देशानालय र जिल्ला वन कार्यालयको संयुक्त बैठकले यो निर्णय गरेको रेन्जर ऋषि पराजुलीले जानकारी दिनु भयो । घोषणा गरिएका सामुदायिक वन, कबुलियती वन र किसानलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने वन कार्यालयले जनाएको छ ।
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । आसन्न महासमिति...
१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । नेपाली...
१३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध...
१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा...
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको...
१२ मङ्सिर, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ ।...
१२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मङ्सिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला...
१२ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
३० कार्तिक, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनाल सहितको शिशु (छोरी) फेला परेको छ । बिहीबार साँझ...
४ मंसिर,हेटौँडा । शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प...
३ मङ्सिर, हेटौंडा । हेटौंडा–६ चौघडामा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको बिषयलाई लिएर स्थानीयले सडक...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१ मंसिर,हेटौंडा । शुक्रवार साँझ हेटौंडा-१७ मा स्कुटरको ठक्करबाट एकजना पैदल यात्री महिलाको मृत्यु भएको छ । धरान...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...