६ पुस, हेटौँडा । नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बृद्धि गरेको प्रति इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आईएसपिएएनले विरोध गरेको छ ।
आईएसपिएएनका अध्यक्ष भोजराज भट्टद्वारा हस्तक्षरित ध्यानाकर्षण पत्रमा प्राधिकरणले आफ्नो पोल इन्टरनेट सेवा प्रदायकले प्रयोग गरेबापत भाडा बृद्धि गर्दा इन्टरनेट सेवाको मूल्यमा असर पर्ने भन्दै न्यायोचित भाडा दर कायम गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्रमा उक्त भाडा दर बृद्धि हुँदा इन्टरनेटको मूल्य बृद्धि हुने र यसको मार इन्टरनेट सेवा प्रयोगकर्तामा पर्ने भएकाले यसतर्फ ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
अहिले प्राधिकरणबाट ५ गुणाभन्दा बढिले भाडा बृद्धि भएकोले यो अस्वभाविक रहेको बताईएको छ । भाडा दर कायम गर्न नेपाल विद्युत प्राधिकरण, नेपाल दुरसंचार प्राधिकरण, आईएसपिएएन र केबल टिभि एशोसियसन समेतको समिति गठन गरी भाडा बृद्धिको उचित निकास दिन माग गरिएको छ ।
यसैगरी, आईएसपिएएनले सूचना तथा संचार प्रविधि मन्त्रीसंग इन्टरनेटको मूल्य समायोजन गर्ने बारे भएको सम्झौता कार्यान्वयनका लागि समेत माग गरेको छ । सम्झौता भएको ५ महिना भईसक्दा समेत कार्यान्वयनका लागि सम्बन्धित निकायले तत्परता नदेखाएको आईएसपिएएनको गुनासो छ । पटक पटक अनुरोध गर्दा समेत कुनै निकास नआएकाले इन्टरनेट सेवा प्रदायकहरुले पुस १५ गतेबाट १३ प्रतिशत अतिरिक्त दुरसंचार सेवा शुल्क लिने निर्णय गरेको समेत सूचना तथा संचार प्रविधि मन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






