Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

फाष्ट ट्रयाकको काममा बकैयाका स्थानीयबाट अवरोध

Fast-Track-1545922351.jpg

File Photo

१२ पुस, हेटौँडा । काठमाडौं तराई जोड्ने द्रुतमार्ग अन्तरगत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ स्थित जारी काममा स्थानीयले अवरोध गरेका छन् । उक्त खण्डबाट झरेको माटोले बस्ति प्रभावित हुने भएकोले स्थानीयले विहीबारबाट काम नै रोकेका हुन् । 
यस अघि पनि काममा अवरोध गरेपछि व्यवस्थित गर्ने प्रतिवद्धता जनाएकाले काम सुचारु भएको थियो । यो पटक भने अनिश्चितकालका लागि बन्द गरिएको स्थानीय अर्जुन खड्काले जानकारी दिए । बकैया वडा नम्बर ५को तीनतले, मसाने, भडौरा र बुदुने क्षेत्रको ठूलो वस्ति उक्त कामबाट प्रभावित भइरहेको छ । ‘बस्तिभन्दा माथी बाटोको काम भइरहेको छ,’ स्थानीय केदार अर्यालले भने, ‘त्यहाँबाट खसालिएको माटोले बस्तिलाई ठूलो प्रभाव परिरहेको छ । एक त धुलोको असर धेरै नै छ अर्को वर्षायाममा ठूलो क्षति हुने सम्भावना छ ।’ यसका लागि ठेकेदार र सेनासँग पटकपटक कुरा भए पनि सुनुवाई नभएपछि काममा अवरोध गर्न परेको उनले बताए । 
विहीबार स्थानीयले फास्टट्«याकमा काम गरिरहेको ५२ वटा सवारी उपकरणहरुको चावि लिएर सेनालाई जिम्मा लगाएका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म काम सुरु हुन नदिने स्थानीयले बताएका छन् । फास्टट्«याकको माटोको कारण खोल्साहरु सुकेको र खोलामा पनि पानीको सतह निकै घटेको छ । बर्षायाममा यसबाट निकै ठूलो क्षति हुन सक्ने स्थानीयको भनाई छ ।
स्थानीयले सेनासँगै ठेकेदार र गाउँपालिकासँग पनि आफूहरुको समस्या बताएको भन्दै सुनावाई नभएको गुनासो गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार