Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मक्रान्चुली सहकारीको अध्यक्षमा न्यौपाने

Makranchuli-1546699887.jpg

२१ पुस, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको मक्रान्चुली सहकारी संस्थाको अध्यक्षमा रामहरी न्यौपाने चयन भएका छन् । 
सहकारी संस्थाको शनिवार सम्पन्न भएको १४ औं वार्षिक साधारणसभाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा खडानन्द न्यौपाने, सदस्यहरुमा रामजी सापकोटा, पूर्णभद्र चौलागाई, बासुदेव अधिकारी, कृष्णप्रसाद संजेल, शिवप्रसाद संजेल, शिवनाथ न्यौपाने र रामप्रसाद चौरेल चयन भएका छन् । यसैगरी लेखा समितिको संयोजकमा कृष्णप्रसाद धिताल, सदस्यहरुमा शिवप्रसाद खनाल र शिवप्रसाद न्यौपाने चयन भएका छन् । 
साधारणसभामा संस्थाका अध्यक्ष खिलप्रसाद चौलागाईले संस्थागत प्रतिवेदन र व्यवस्थापक केदारप्रसाद संजेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी,गैरसरकारी महासंघ,मकवानपुरका अध्यक्ष कृष्ण धिताल,बंशगोपाल माविका प्रअ रमेश लामिछाने, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, गुरुप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार