Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

अफिसर्स क्लब राक्सिराङ्गमा,चेपाङलाई न्यानो कपडा सहयोग

Asman-1546876635.JPG

चेपाङलाई न्यानो कपडा सहयोग गर्दै मकवानपुरका प्रजिअ तामाङ्

२३ पुस,हेटौँडा। जिल्लाको विकट राक्सिराङ्ग गाउँपालिकाको दामराङमा रहेका २ सय २ चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । अफिसर्स क्लब मकवानपुरको अगुवाईमा आइतबार एक कार्यक्रमको आयोजना गरी ब्ल्याङ्केट वितरण गरिएको हो ।

 अफिसर्स क्लब मकवानपुरका अध्यक्ष नेपाल भुषण वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य सन्तबहादुर प्रजा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, सशस्त्र प्रहरी गण हेटौँडाका प्रहरी नावय उपरीक्षक अमर खत्री, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, नेपाल चेपाङ संघका अध्यक्ष खेम चेपाङ, राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कुलबहादुर चेपाङले संयुक्त  रुपमा ब्ल्याङ्केट वितरण गरेका थिए ।  
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले चेपाङ समुदायका बारेमा रहेको भ्रम चिर्नु आवश्यक भएको भन्दै चेपाङ समुदाय अझै पछाडि परेकोले राज्यले विशेष कार्यक्रम दिएर उनीहरुको समस्याको संवोधन गर्नुपर्ने बताए । 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सिमान्तकृत समुदायलाई जाडोमा  न्यानो कपडा वितरण गर्न पाउँदा आफु हर्षत भएको बताए ।त्यसैगरी अफिसर्स क्लब मकवानपुरका अध्यक्ष बैद्यले अफिसर्स क्लब, उद्योग संघ मकवानपुर, युनिक कन्ष्ट्रक्शन कम्पनीलगायतको सहयोगमा २०२ परिवारलाई दुईलाख दुईहजार मूल्यको ब्ल्याङ्केट वितरण गरिएको जानकारी दिए  ।
जाडोमा न्यानो कपडा पाएपछि घण्टौ पैदल हिडेर न्यानो कपडा लिन आएका विपन्न चेपाङ तथा तामाङहरुले खुशी ब्यक्त गरेका थिए ।  

Asman1-1546876635.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार