Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

बानियाँद्वारा गुम्बा र मुर्तिको शिलान्यास (तस्विरसहित)

Gadi-1547045867.jpg

२५ पुस, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा ३ दिने ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रम बुधबारबाट सुरु भएको छ ।

बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता सांसद ईन्द्रबहादुर बानियाँले छेवाङको उद्घाटन गरेका हुन् । छेवाङ पुजा उद्घाटनकै अवसरमा गुम्बाको नयाँ भवनको शिलान्यास गरिनुका साथै बरभञ्ज्याङदेखि ऐतिहासिक मकवानपुरगढी दरबारसम्म पुग्ने बाटोमा त्रिरत्न मुर्ति र शिवगणेश मुर्तिको समेत शिलान्यास गरिएको प्रचारप्रसार संयोजक राज स्याङ्तानले जानकारी दिए ।
प्रमुख अतिथि, विशेष अतिथि र लामा गुरुहरुबाट गुम्बासहित ४ भिन्न–भिन्न स्थानमा गुरु त्रिरत्न मुर्ति (रिम्पोर्छे, आर्य अवता लोकेश्वर्य, अमिता बुद्ध) र शिव गणेशको मुर्तिको पनि शिलान्यास गरिएको हो । बरभञ्ज्याङदेखि मकवानपुरगढी दरबारसम्म पुग्ने बाटो आसपासका क्षेत्रलाई पर्यटकीय स्थल बनाउने उदेश्यसहित मुर्तिको शिलान्यास गरिएको मुल समारोह समिति संयोजक पाल्साङ बज्र लामा तामाङले जानकारी दिए । आउँदो १० वर्षभित्रमा ती मुर्तिहरु स्थापना गरिसक्ने लक्ष्य राखिएको छ । कार्यक्रममा बोल्दै उनले मूर्ति स्थापना र सडक निर्माणमा आफुले पहल गर्ने बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद बानियाँले प्रतिमाहरु स्थापना तथा सो बाटोको स्तरिकरणको लागि आगामी वर्ष बजेटको समेत विनियोजन गर्न आफु तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडाअध्यक्ष बखान सिंह पाख्रिनले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनका लागि आफु सक्दो लागिपर्ने बताए । मकवानपुरगढी सहितको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने वडाको योजना रहेको बताउँदै उनले सबै स्थानियलाई एकजुट भएर अघि बढ्न समेत आग्रह गरे ।
पुस २७ गतेसम्म चल्ने छेवाङ पुजामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछे सहितका गुरुहरुले श्वस्ति शान्ति पुजा र छेवाङ अभिषेक गर्ने कार्यक्रम रहेको छ । पुस २६ गते बिहीबार महायज्ञ र अन्तरभाव (भार्दो) सम्बन्धी विषयमा धर्मगुरुहरुबाट प्रवचन हुनेछ भने प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यता रहनेछ । त्यस्तै २७ गते अन्तिम दिन मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछेद्वारा छेवाङ दिर्घायु अभिषेक कार्यक्रम हुने बताइएको छ ।
संयोजक पाल्साङ बज्र लामा तामाङको अध्यक्षता तथा सांसद बानियाँको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा वडाअध्यक्ष पाख्रिनसहित अर्जुन दाहाल, शेरमान तामाङ, शिवप्रसाद न्यौपाने, टोल विकास संयोजक हर्षबहादुर स्याङ्तान, शिवप्रसाद पुडासैनी, सुदारजित गोले, मीना लामा, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान, रेडियो ताम्सालिङका दिलबहादुर लामा, युवा अभियान्ता सुवाश लामा लगायतको आतिथ्यता रहेको थियो ।

Gadi1-1547045971.jpg
Gadi2-1547045972.jpg
Gadi3-1547046038.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार