Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कामधेनु सहकारीको साधारणसभामा सम्मानित

Kamdhenu-1547366466.jpg

२९ पुस, हेटौँडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थागत प्रतिवेदन,लेखा सुपरीवेक्षण समितिका संयोजक केदारप्रसाद गौतमले लेखा परीक्षण प्रतिवेदन,ऋण उपसमितिका संयोजक उदयप्रकाश दहालले ऋण समितिको प्रतिवेदन,खुत्रुके बचत समितिका संयोजक केशवप्रसाद अधिकारीले खुत्रुके बचत समितिको प्रतिवेदन र व्यवस्थापक भीमसेन पौडेलले चालु आव ०७५/०७६ को लागि २ करोड १७ लाखको अनुमानित आयव्यव विवरण प्रस्तुत गरेका थिए ।भेलामा ज्येष्ठ शेयर सदस्य लिलाप्रसाद अधिकारी,मानकुमारी दहाल,संचार क्षेत्रमा रेडियो थाहा संचार, उत्कृष्ठ विद्याथीमा विजय गौतम, स्वस्तिका आचार्य,बढी व्याज बुझाउने देवकी संजेल, खुत्रुके बचतमा सविन दोङ, ग्रिस्मा कट्टेललाई सम्मानित गरिएको थियो । 
भवन निर्माणमा सहयोग गर्ने हेटौंडा उपमहानगरपालिका, सांसद ईन्द्र बानियाँ, अर्जुनप्रसाद चौलागाई, उदय विडारी, हिमाल पौडेल, राजकुमार बास्तोला, शिवम सिमेन्ट, रामकृष्ण सापकोटा, शिवप्रसाद गौतम, चुच्चेखोला सामुदायिक वन, नवराज न्यौपाने, अमित कँडेल, पूर्णभद्र चौलागाई, भवनाथ गौतम लगायतलाई सम्मानित गरिएको थियो । हेटौँडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीको अध्यक्षतामा भेला भएो थियो । 
भेलामा हेटौडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, नारीचेतना बचत तथा ऋण सहकारीकी अध्यक्ष ज्ञानु अर्याल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारीका अध्यक्ष लक्ष्मण कटुवाल, सल्लाहकार उदय विडारी, नौलो विहानी कृषि सहकारीका उपाध्यक्ष भरत सापकोटा, संचालक सदस्य मन्दिरा घिमिरे, शेयर सदस्य हिरादेवी दहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
साधारणसभामा वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र सदस्य राजकुमार बास्तोलालाई संस्थाको शेयर सदस्यता वितरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार