Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

खाद्य मेलाको तयारी अन्तिम चरणमा

50906923_346550529265705_-1548164905.jpg

८माघ, हेटौँडा ।  परम्परागत, पोषिला एंव स्थानिय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं भन्ने नाराका साथ  यही माघ ११ गते देखि १३ गते सम्म  हेटौंडा १८ हर्नामाडीमा हुन गईरहेको खाद्य मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ  । 
मंगलबार  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले पत्रकार सम्मेलन आयोजना गर्दै तयारी अन्तिम चरणमा पुगेकोे जनाएको हो । 
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा हेटौंडा १८ हर्नामाडीमा रहेको ज्योती माध्यामिक विद्यालयको प्राङ्गणमा हुने मेलामा परम्परागत खाद्य पदार्थहरु एंव तिनका पौष्टिक महत्व बारे जानकारी, होटल, खाद्य व्यवसायी, खाद्य उद्यमका मेशिनरी उपकरण तथा खाद्यप्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरु, खाद्य प्रविधिसंग सम्बन्धित शैक्षिक संस्थाहरुको स्टल रहने कार्यालयका प्रमुख सोमकान्त रिजालले जनाएका छन ।  
 मेलामा ५० देखि ६० वटा सम्म स्टल रहने र मेला विहान १० बजे देखि ६ बजे सम्म संचालन रहने जनाइएको छ । 
 हेटौंडा उपमहानगरपालिका र होटल एशोसियसन सह आयोजक रुपमा रहेको मेलामा  निशुल्क प्रवेश सहित निशुल्क स्टलको व्यवस्था  रहने बताइएको छ । कार्यक्रमको ११ गते १ बजे कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जनाईएको छ । मेलामा करिब १५ लाख बराबर खर्च हुने अनुमान गरिएको कार्यालयका प्रमुख सोमकान्त रिजालले जनाएका छन । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार