Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कानुनी दायरामा आउन पशुपंक्षी औषधी व्यवसायीलाई आग्रह

pashu-panchhi-foto-1549033609.JPG

१८ माघ, हेटौँडा । पशु अस्पताल तथा विज्ञ केन्द्रका वरिष्ठ पशु स्वास्थ्य चिकित्सक डा. चेतनारायण खरेलले पशुपंक्षी औषधी व्यवसायीले अनधिकृतरुपमा व्यवसाय सञ्चालन गर्दै आएकोले व्यवसाय दर्ता गरेर कानुनी दायरामा आउन आग्रह गरेका छन् ।
नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ मकवानपुरको प्रथम साधारणसभाको हेटौँडामा शुक्रबार उद्घाटन गर्दै उनले व्यवसायीहरुले व्यवसायीहरुले दर्ता विना व्यवसाय सञ्चालन गर्नु कानुन विपरीत भएको बताए । असल व्यवसायिक अभ्यास आवश्यक भएको भन्दै अस्पताल स्थापना भएपनि बजेट र कार्यक्रम पूर्णरुपमा नआएको बताए । संघको प्रदेश ३ का अध्यक्ष विश्वराज बानियाँले पशुपंक्षी औषधी व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धा अन्त्य आवश्यक भएको भन्दै पशुपंक्षीलाई गलत औषधी खुवाउँदा मानव जीवनमा समेत दीर्घकालीन असर पर्ने भएको सचेतता अपनाउनु आवश्यक रहेको बताए । संघका मकवानपुर अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, पशु अस्पतालका डा. सरोज खतिवडा, पशुपंक्षी औषधी व्यवसायी संघ नारायणी शाखाका अध्यक्ष उमेश शाह, संघको चितवन शाखाका अशोक शर्मा, व्यवसायी प्रकाश अधिकारी, नेभ्लाका कुमार खड्का, विषाधी व्यवसायी विजयकुमार कनौडिया, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम अधिकारी, बीउ व्यवसायी संघका अध्यक्ष हरिशरण अर्याललगायतले पशुपंक्षीमा हुँदै आएको एन्टिवायोटिकको गलत प्रयोग रोक्नु पर्ने बताएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार