२३ माघ, हेटौँडा । नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।
माघ २३ गतेदेखि फागुन ८ सम्म दर्ता हुने नयाँ जीएसएम पोष्टपेड मोबाइल ग्राहकहरुलाई ३ महिनासम्म प्रति महिना अल टाइम डाटा १ जीबी र १०० मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध गराईनेछ। जिएसएम पोष्टपेड ग्राहकहरुलाई ९सय रुपैयाँ प्याकेजमा प्रति महिना २ जीबी डाटा र रु ५०० को निशुल्क सुविधा उपलब्ध गराउँदै आएकोमा प्रति महिना अल टाइम डाटा ३ दशमलव ३ जीबी र पाँच सयको फ्रि रिसोर्ज उपलब्ध गराईने र टेलिकमको एनटि एप डाउनलोड गरेमा १०० एमबी डाटा दिने टेलिकमले जनाएको छ ।
यस्तै टेलिकमले टुरिस्ट प्याकेजसमेत ल्याएको छ। यसअन्तर्गत ५ सयमा ५ जीबी डाटा, एनटी नेटवर्कमा ५० मिनेट भ्वाइस, ५० एसएमएस तथा रु १०० को अन्तर्रा्ष्ट्रिय कल समेत गर्न सकिने फ्रि रिसोर्स उपलब्ध गराईने छ। यसैगरी एक हजार रुपैयाँमा १० जीबी डाटा, एनटी नेटवर्कमा १०० मिनेट भ्वाइस, १०० एसएमएस तथा दुइसय रुपैयाँको अन्तर्रा्ष्ट्रिय कल समेत गर्न सकिने फ्रि रिसोर्स उपलब्ध गराईने छ।
माघ २२ गतेदेखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज अन्तरगत क्रमशः रु ३५ मा १० मिनेट, रु १५० मा ४५ मिनेट र ५ सय रुपैयाँमा मा १६५ मिनेट उपलब्ध गराईने छ। २०७४ को असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका सर्वसाधारणहरुले २०७६ असार मसान्तसम्म बक्यौता रकम बुझाएमा सम्पूर्ण जरिवाना छुट गरिएको छ।
फाइबर टु दि होम अर्थात एफटिटिएच माइग्रेसन योजनाअन्तरगत एक वर्षदेखि नियमित एडिएसएल सेवा लिईरहेका ग्राहक तथा ३ महिनाको एफटिटिएच प्याकेज खरिद गर्ने नयाँ ग्राहकहरुलाई एफटिटिएच सीपीई निशुल्क उपलब्ध गराईने छ। यो योजना ३ महिनासम्म लागू हुने टेलिकमले जानकारी दिएको छ। मोबाइल पोइन्ट सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा ५ प्रतिशतका दरले बोनस रकम उपलब्ध गराउने छ। यो योजना ६ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ।
नेत्रहिन संघको सिफारिसमा नेत्रहिन व्यक्तिहरुले प्रयोग गरिरहेका जीएसएम तथा सिडिएमए मोबाइलहरुमा ५०, २००, ३०० रुपैयाँको अल टाइम डाटा प्याकेज खरिदमा शत प्रतिशत बोनस तथा २०० को अल टाइम भ्वाइस प्याकेज खरिदमा पचास प्रतिशत बोनस उपलब्ध गराईने र योजना ९० दिनसम्म लागू हुने टेलिकमले जनाएको छ ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...






-1788745767.jpg)



-1788140988.jpg)






