२६ कार्तिक, हेटौंडा । जिविस मकवानपुरको अायोजना एवम् नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा सिस्नेरीमा शुक्रबार सार्वजनिक सुनुवाइ भएको छ ।
सिस्नेरी र ईपापञ्चकन्या गाविसमा अाव ०७२/०७३ मा सम्पन्न र अाव०७३/७४ मा प्रस्तावित विकास कार्यक्रम बारे सार्वजनिक सुनुवाइ गरेको हो । कार्यक्रममा जिविस मकवानपुर योजना शाखा र दुबै गाविस कार्यालयका प्रदाधिकारीले दुई गाविसका योजनाबारे जानकारी दिएका थिए ।
कार्यक्रममा स्थानीयले ईपा-कोगटे सडक, ईपा-बुढिचौर सडक, मदनभण्डारी सडक र रामचन्द्र भञ्ज्याङ सडक सुधार, विभिन्न खानेपानी योजना, सिंचाइ, विद्यालय भवन, विद्युत रोयल्टी लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा उठेका जिज्ञासालाई विषयगत कार्यालयको तर्फबाट जिविसका योजना अधिकृत किसान न्यौपाने, जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराई, पशु सेवा कार्यालयका प्राविधिक जनार्दन पौडेल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मकवानपुरका प्राविधिक सञ्जिव ठाकुर लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरि पन्तले सेवाग्राही कार्यालय अपेक्षित रूपमा अझै सेवाग्राही मैत्री हुन नसकेको भन्दै यसलाई व्यवस्थित गर्ने तर्फ लाग्नु पर्नेमा जोड दिए । उनले उतरी क्षेत्रको ५ गाविसलाई लक्ष्यित गरि एकीकृत घुम्ति शिविरको पहल गर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव अानन्द कठायत, एमाले जिल्ला सचिव मिना लामा, राप्रपा क्षेत्रीय अध्यक्ष सिताराम वर्तौला, नयाँ शक्ति नेपालका जीवन मोक्तान, नेकपाका विनोद रिजाल, क्रान्तिकारी माअोवादीका रामचन्द्र नेपाली, जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारू मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी स्थानीय उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीयले सिस्नेरीमा पहिलो पटक सार्वजनिक सुनुवाइ भएको भन्दै अागामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने धारणा राखेका थिए ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




