२६ कार्तिक, हेटौंडा । जिविस मकवानपुरको अायोजना एवम् नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा सिस्नेरीमा शुक्रबार सार्वजनिक सुनुवाइ भएको छ ।
सिस्नेरी र ईपापञ्चकन्या गाविसमा अाव ०७२/०७३ मा सम्पन्न र अाव०७३/७४ मा प्रस्तावित विकास कार्यक्रम बारे सार्वजनिक सुनुवाइ गरेको हो । कार्यक्रममा जिविस मकवानपुर योजना शाखा र दुबै गाविस कार्यालयका प्रदाधिकारीले दुई गाविसका योजनाबारे जानकारी दिएका थिए ।
कार्यक्रममा स्थानीयले ईपा-कोगटे सडक, ईपा-बुढिचौर सडक, मदनभण्डारी सडक र रामचन्द्र भञ्ज्याङ सडक सुधार, विभिन्न खानेपानी योजना, सिंचाइ, विद्यालय भवन, विद्युत रोयल्टी लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा उठेका जिज्ञासालाई विषयगत कार्यालयको तर्फबाट जिविसका योजना अधिकृत किसान न्यौपाने, जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराई, पशु सेवा कार्यालयका प्राविधिक जनार्दन पौडेल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मकवानपुरका प्राविधिक सञ्जिव ठाकुर लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरि पन्तले सेवाग्राही कार्यालय अपेक्षित रूपमा अझै सेवाग्राही मैत्री हुन नसकेको भन्दै यसलाई व्यवस्थित गर्ने तर्फ लाग्नु पर्नेमा जोड दिए । उनले उतरी क्षेत्रको ५ गाविसलाई लक्ष्यित गरि एकीकृत घुम्ति शिविरको पहल गर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव अानन्द कठायत, एमाले जिल्ला सचिव मिना लामा, राप्रपा क्षेत्रीय अध्यक्ष सिताराम वर्तौला, नयाँ शक्ति नेपालका जीवन मोक्तान, नेकपाका विनोद रिजाल, क्रान्तिकारी माअोवादीका रामचन्द्र नेपाली, जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारू मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी स्थानीय उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीयले सिस्नेरीमा पहिलो पटक सार्वजनिक सुनुवाइ भएको भन्दै अागामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने धारणा राखेका थिए ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
