३ फागुन, हेटौँडा । मकवानपुरको भीमफेदी १ किसेडी, देउरालीदेखि ९ नम्बर वडा स्यार्से हुँदै कैलाश ९ घैराङ जोड्ने सडकको शुक्रबार उद्घाटन भएको छ ।
नेपाली कांग्रेस साविक नामटार सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सडक उद्घाटन तथा सम्मान कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले विकास निर्माण कार्यमा कम्युनिष्टले कहिल्यै ध्यान नदिएको बताउँदै कांग्रेसले जित्दा विकास निर्माणमा आमूल परिवर्तन गर्ने बताईन् । अहिले कांग्रेस सरकारमा नहुँदामा पनि यो क्षेत्रमा लाखौं रकम खर्चिएर काम गरिरहेको बताउँदै कम्युनिष्टहरु काम भन्दा बढी आश्वासन मात्रै दिने गरेको बताईन् ।
नेपाली कांग्रेस ३ प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले आफूले जितेपछि गाउँ गाउँमा विकास निर्माणमा लाग्ने क्रममा भीमफेदी १ किसेडीदेखि स्यार्से हुँदै घैराङसम्मको ६ किलोमिटर सडकमा आफूले मेशिन निःशुल्क सहयोग गरेको बताए । स्थानीय निकायदेखि केन्द्रसम्म कम्युनिष्ट सरकारको दुई तिहाई हुँदापनि थोरै रकम समेत सहयोग गर्न नसकेको बताउँदै आफूले अहिलेसम्म व्यक्तिगत १५ लाखभन्दा बढी रकम बराबरको मेसिन सहयोग गरेको बताए ।
५ किलोमिटर बाटो निर्माण कार्य सम्पन्न भैसकेको सो सडक घैराङ्गसम्म पुग्न अझै २ किलोमिटर निर्माण कार्य भैरहेको छ । सुरुमा सडक निर्माणमा कांग्रेस केन्द्रीय सदस्य उपाध्यायले १ लाख, नेता बानियाँले १५ लाख बराबर रकमको मेशिन सहयोग, भीमफेदी गाउँपालिकाबाट ४ लाख र कैलाश गाउँपालिकाबाट १० लाख रकम बराबरको तेल सहयोग गरेर बाटो निर्माण कार्य भैरहेको छ ।
कार्यक्रममा नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, भीमफेदी १ का वडा अध्यक्ष श्यामबहादुर बल, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, बाटो निर्माण समितिका अध्यक्ष नारायण सिं गोले, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, विद्यार्थी नेता मिलन पुडासैनी, क्षेत्रीय सदस्य मानबहादुर वाईबा, कैलाश ९ का वडा सभापति भुवन सिं घलान, तरुण दल साविक नामटार अध्यक्ष मोहनसिं वाईबा, गोपी बललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डिना र विशिष्ट अतिथि बानियाँलाई सडक निर्माणमा विशेष सहयोग गरिएकोमा सम्मानसमेत गरिएको थियोे ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















