३ फागुन, हेटौँडा । मकवानपुरको भीमफेदी १ किसेडी, देउरालीदेखि ९ नम्बर वडा स्यार्से हुँदै कैलाश ९ घैराङ जोड्ने सडकको शुक्रबार उद्घाटन भएको छ ।
नेपाली कांग्रेस साविक नामटार सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सडक उद्घाटन तथा सम्मान कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले विकास निर्माण कार्यमा कम्युनिष्टले कहिल्यै ध्यान नदिएको बताउँदै कांग्रेसले जित्दा विकास निर्माणमा आमूल परिवर्तन गर्ने बताईन् । अहिले कांग्रेस सरकारमा नहुँदामा पनि यो क्षेत्रमा लाखौं रकम खर्चिएर काम गरिरहेको बताउँदै कम्युनिष्टहरु काम भन्दा बढी आश्वासन मात्रै दिने गरेको बताईन् ।
नेपाली कांग्रेस ३ प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले आफूले जितेपछि गाउँ गाउँमा विकास निर्माणमा लाग्ने क्रममा भीमफेदी १ किसेडीदेखि स्यार्से हुँदै घैराङसम्मको ६ किलोमिटर सडकमा आफूले मेशिन निःशुल्क सहयोग गरेको बताए । स्थानीय निकायदेखि केन्द्रसम्म कम्युनिष्ट सरकारको दुई तिहाई हुँदापनि थोरै रकम समेत सहयोग गर्न नसकेको बताउँदै आफूले अहिलेसम्म व्यक्तिगत १५ लाखभन्दा बढी रकम बराबरको मेसिन सहयोग गरेको बताए ।
५ किलोमिटर बाटो निर्माण कार्य सम्पन्न भैसकेको सो सडक घैराङ्गसम्म पुग्न अझै २ किलोमिटर निर्माण कार्य भैरहेको छ । सुरुमा सडक निर्माणमा कांग्रेस केन्द्रीय सदस्य उपाध्यायले १ लाख, नेता बानियाँले १५ लाख बराबर रकमको मेशिन सहयोग, भीमफेदी गाउँपालिकाबाट ४ लाख र कैलाश गाउँपालिकाबाट १० लाख रकम बराबरको तेल सहयोग गरेर बाटो निर्माण कार्य भैरहेको छ ।
कार्यक्रममा नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, भीमफेदी १ का वडा अध्यक्ष श्यामबहादुर बल, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, बाटो निर्माण समितिका अध्यक्ष नारायण सिं गोले, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, विद्यार्थी नेता मिलन पुडासैनी, क्षेत्रीय सदस्य मानबहादुर वाईबा, कैलाश ९ का वडा सभापति भुवन सिं घलान, तरुण दल साविक नामटार अध्यक्ष मोहनसिं वाईबा, गोपी बललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डिना र विशिष्ट अतिथि बानियाँलाई सडक निर्माणमा विशेष सहयोग गरिएकोमा सम्मानसमेत गरिएको थियोे ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



