Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

कांग्रेस नेता बानियाँद्वारा अर्को एम्बुलेन्स हस्तान्तरण

Ambulence-1550582798.jpg

७ फागुन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले अर्को एम्बुलेन्स हस्तान्तरण गरेका छन् । 
स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा थाहा नगरपालिका ६ स्थित बज्रबाराही स्वास्थ्यचौकीलाई प्रजातन्त्र दिवसमा मंगलबार एम्बुलेन्स हस्तान्तरण गरेका छन् । त्यसैगरी, संचालन खर्च बापत ५० हजार रुपैँया हस्तान्तरण गरेका छन् । बज्रबाराही स्वास्थ्यचौकी ब्यवस्थापन समितिका उपाध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको सभाध्यक्षता एवं  बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम  भएको हो । 
पिता क्षेमबहादुरको स्मृतिमा नेता बानियाँ, उहाँकी धर्मपत्नी दीपा पौडेल बानियाँ, छोरी दीक्षा बानियाँ लगायतले संयुक्त रूपमा स्वास्थ्यचौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा स्वास्थ्यचौकी प्रमुख एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, अतिथिहरु थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, नेपाली कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, थाहा बज्रबाराही स्वास्थ्यचौकी प्रमुख सजिता पराजुलीले मन्तव्य व्यक्त गरेका थिए ।
केहीदिन अघि नेता बानियाँले पिताको स्मृतिमा राईगाउँ स्वास्थ्यचौकी र दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार