१५ फागुन, हेटौँडा । मकवानपुर र चितवनमा ‘फेमिलियर प्रदेशस्तरीय सेमिनार’ हुने भएको छ । स्वदेशी जडिबुटिको प्रयोगबाट आर्युवेदिक सौन्दर्य प्रशाधन, मसला, खाद्य तथा दैनिक उपभोग्य सामग्री उत्पादन गर्दै आएको वल्र्ड मार्ट युनिक सोलुसन प्रालिको आयोजनामा सेमिनार हुने भएको हो ।
वल्र्ड मार्टले बुधबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन १७ गते चितवनको होटल गंगोत्री र फागुन १८ गते मकवानपुरको क्वीक ट्वान्टी पार्टी प्यालेसमा प्रदेशस्तरीय सेमिनार हुने जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा वल्र्ड मार्टका अध्यक्ष सुमन दाहालले चितवनमा १ सय ५० र मकवानपुरमा १ सय ५० गरी ३ सय सौन्दर्य एवं अन्य क्षेत्रका व्यवसायी, उत्पादक, वितरक र सर्वसाधारणको सहभागिता रहने जानकारी दिए ।
सेमिनारमा आफ्ना उत्पादनको प्रर्दशन, व्यवसाय प्रवद्र्धनसम्बन्धी जानकारी, सामाजिक सञ्जाल र अनलाईनमार्फत कसरी व्यवसाय प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिईने जनाईएको छ । सेमिनारमा स्वास्थ्य र सौन्दर्यसंग सम्बन्धी हेयर केयर तथा स्किन केयरका सामग्री, स्वास्थ्यका लागि अर्गानिक ग्रीन टि र मह लगायतको बारेमा सौन्दर्य एवं आयुर्वेदिक विज्ञमार्फत जानकारी दिने दाहालले बताए । हेटौँडामा हुने सेमिनारमा एक्टिभ ओडोकेयर र नयाँ प्याकमा मिट मसला लगायतका नयाँ उत्पादनको लन्चिङ गरिनेछ ।
काठमाडौंसहित देशका विभिन्न प्रदेशमा यस्तै सेमिनार गरिसकेको वल्र्ड मार्टले प्रदेश ३ को राजधानी मकवानपुर र चितवनमा कार्यक्रम गर्न लागेको उनले बताए । वल्र्ड मार्टले आफ्ना सम्पूर्ण उत्पादनमा स्वदेशी कच्चा पदार्थ र जनशक्तिको सदुपयोगमा जोड दिएको अध्यक्ष दाहालले जानकारी दिए । स्वदेशी उत्पादनको सदुपयोग र रोजगारी प्रवद्र्धनको उद्देश्यले छिटै नीजि क्षेत्र वा सार्वजनिक–नीजि साझेदारी अवधारणामा संस्था स्थापना गरी ८ हजारलाई रोजगारी र ११ सय व्यवसायीलाई लगानीको अवसर प्रदान गर्ने लक्ष्य रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिए ।
वल्र्ड मार्टले फेमिलियर ब्राण्डमा छालाको लागि एन्टी पिम्पल, एन्टी पिगमेन्टेशन, एन्टी रिंकल कम्बो सेट, कपालका लागि हेयर ट्रिटमेन्ट कम्बो सेट लगायत ट्रिटमेन्ट वेसमा जडीप्लस सोप, केशामृत स्याम्पु, केशाअमृत हेयर केयर आयल, लेसट्वान्टी एन्टी रिकल फेस प्याक, सेभेन इफेक्ट क्रिम, सनब्लक, फेसटोन, जुत्तामोजा र काखीको दुर्गन्ध हटाउने दुर्गन्धनाशक हर्बल स्प्रे ओडोकेयर सहित १७ वटा सौन्दर्य प्रसाधनका सामाग्रीहरु उत्पादन गरिरहेको छ ।
फेमिलियर ब्राण्डले अदुवा लसुन किन्न नपर्ने सिलौटामा पिन्न नपर्ने स्लोगन सहित मल्टी मिट, मटन, चिकेन, सब्जी, चाट, मम मसलाहरु र जिरा, धनियाँ, खुर्सानी, बेसारलगायत १३ भेराइटीमा फेमिलियर मसलाहरुका साथै दैनिक उपभोग्य फुड सप्लिमेन्ट अर्गानिक ग्रीन टि, महलगायत बस्तुहरुको उत्पादन एवं बजारीकरण गर्दे आएको छ ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

















