Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

उद्यमशिलतामा जोड दिए देश समृद्ध हुन समय लाग्दैन : मन्त्री लामा

IMG_7433-1551532373.JPG

१८ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्यमशिलतामा जोड दिए देश समृद्ध हुन समय नलाग्ने बताएका छन् । हेटौँडामा भएको फेमिलियर प्रदेशस्तरीय सेमिनारको शनिबार उद्घाटन गर्दै मन्त्री लामाले नेपालमै उद्यममा आवद्ध भएर काम गरे देश समृद्ध हुने बताएका हुन् । 
उनले उत्पादनमुलक क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकार तयार रहेको भन्दै स्वदेशमै काम गर्न युवाहरुलाई आग्रह गरे । प्रदेश नम्बर ३ जडिबुटिका लागि उपयुक्त हावापानी भएको प्रदेश रहेको बताउँदै जडिबुटि, फलफुल, तरकारी खेति, पशुपालन लगायतका क्षेत्रमा काम गर्न युवाहरु अग्रसर हुनुपर्नेमा जोड दिए । सौन्दर्य व्यवसायसंग आवद्ध महिलाहरु सहभागी रहेको कार्यक्रममा मन्त्री लामाले महिलाहरु उद्यममा लागेकोमा प्रशंसा गर्दै उनले आफ्नै घरपरिवारसंग बसेर काम गर्न आग्रह गरे । 
उनले सार्वजनिक नीजि साझेदारीका लागि प्रदेश सरकारले प्रोत्साहन गरिरहेको र आवश्यक ऐन संशोधन र नयाँ निर्माणको काम अघि बढिरहेको बताए । उनले नेपालीहरु सुनको थाल बोकेर बालुवामा भिख मागिरहेको भन्दै यसो नगर्न समेत युवाहरुलाई आग्रह गरे । 
कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देलले मकवानपुर जडिबुटि उत्पादनका लागि भौगोलिक रुपमा उपयुक्त रहेको बताईन् । उनले स्थानीय जडिबुटि र अर्गानिक बस्तुको प्रयोग र प्रवद्र्धनमा जोड दिनुपर्ने भन्दै युवाहरुले खाडिमा जानु भन्दा स्वदेशमै श्रम गर्नुपर्ने बताईन् । युवाहरु श्रममा नजोडिएसम्म देशको समृद्धि सम्भव नरहेको उनको भनाई थियो ।
कार्यक्रममा स्कूल अफ ह्यापिनेसका संस्थापक आर्गानिकविद हरि सिटौला, सौन्दर्यविद लक्ष्मी थापा, फेमिलियरका प्रदेश ३ संयोजक गोविन्द दाहाल र हेटौँडा संयोजक रमेश आर्चाय लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा अर्गानिकविद हरि सिटौला, वल्र्ड मार्ट युनिक सोलुसन प्रालिका अध्यक्ष सुमन दाहाल लगायतले स्वदेशी उत्पादनको प्रर्वद्धनमा जोड दिएका थिए । 
मकवानपुरका एकसय ५० सौन्दर्यकर्मी, व्यवसायी र सर्वसाधारणको सहभागिता रहेको सेमिनारमा स्वदेशी उत्पादन प्रयोगका फाइदा, सौन्दर्य व्यवसायलाई प्रवद्र्धनका उपाय, सौन्दर्यसम्बन्धी जानकारी दिईएको थियो । कार्यक्रममा मन्त्री लामा र प्रदेशसभा सदस्य सिग्देलले नयाँ प्याकमा मिट मसला र ओडो केयरको लन्चिङ समेत गरेका थिए ।
वल्र्ड मार्टले फेमिलियर ब्राण्डमा छालाको लागि एन्टी पिम्पल, एन्टी पिगमेन्टेशन, एन्टी रिंकल कम्बो सेट, कपालका लागि हेयर ट्रिटमेन्ट कम्बो सेट लगायत ट्रिटमेन्ट वेसमा जडीप्लस सोप, केशामृत स्याम्पु, केशाअमृत हेयर केयर आयल, लेसट्वान्टी एन्टी रिकल फेस प्याक, सेभेन इफेक्ट क्रिम, सनब्लक, फेसटोन, जुत्तामोजा र काखीको दुर्गन्ध हटाउने दुर्गन्धनाशक हर्बल स्प्रे ओडोकेयर सहित १७ वटा सौन्दर्य प्रसाधनका सामाग्रीहरु उत्पादन गरिरहेको छ । 
फेमिलियर ब्राण्डले अदुवा लसुन किन्न नपर्ने सिलौटामा पिन्न नपर्ने स्लोगन सहित मल्टी मिट, मटन, चिकेन, सब्जी, चाट, मम मसलाहरु र जिरा, धनियाँ, खुर्सानी, बेसारलगायत १३ भेराइटीमा फेमिलियर मसलाहरुका साथै दैनिक उपभोग्य फुड सप्लिमेन्ट अर्गानिक ग्रीन टि, महलगायत बस्तुहरुको उत्पादन एवं बजारीकरण गर्दै आएको छ ।

IMG_7422-1551532625.JPG
IMG_7412-1551532627.JPG
IMG_7431-1551532820.JPG
IMG_7435-1551532822.JPG
IMG_7410-1551533089.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार