२० फागुन, हेटौँडा । मकवानपुरको थाहानगरमा रहेका निजी विद्यालयहरुले आउँदो शैक्षिक सत्र २०७६ देखि एकरुपता गर्ने भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहानगर कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षतामा बसेको बैठकले यस वर्षको बक्यौता असुलीका लागि प्याव्सनबाटै अभिभावकहरुलाई एकै प्रकारको पत्राचार गर्ने पनि निर्णय गरेको छ । कुनै पनि विद्यालयको शुल्क बक्यौता गरि विद्यार्थीलाई विद्यालय सार्ने प्रवृत्तिको अन्त्य गर्न आउँदो वर्षदेखि कुनै पनि कक्षाका विद्यार्थीहरुलाई अनिवार्य रुपमा लव्धांक प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्रमा अनिवार्य गर्ने निर्णय गरेको अध्यक्ष प्रधानले जानकारी दिए ।
विद्यालयहरुबीच स्वस्थ प्रतिस्पर्धा, आपसी सहिष्णुता तथा विद्यार्थीहरुमा समेत एक अर्का विद्यालयहरु प्रति अपनत्वको महशुस समेत हुने अपेक्षाले एक रुपताको अवधारणालाई कार्यान्वयन गरिन लागेको बताएको छ । प्याव्सन आवद्ध थाहानगरमा रहेका हिमालयन इङ्लिस सेकेन्डरी बोडिङ स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, इअन एकेडेमी, पालुङ इङ्लिस बोडिङ स्कुल, सरस्वती विद्या मन्दिर, पालुङ दीपज्योति इङ्लिस स्कुल, न्यु भिजन एकेडेमी, क्लिफट्न एकेडेमीले आउँदो वर्ष एउटै क्यालेन्डरमा विद्यालय संचालन गर्ने अध्यक्ष प्रधानले बताए ।
बैठकले प्रस्ताव गरेको क्यालेन्डर अनुसार आउँदो वर्ष बैशाख २ गतेदेखि ७ गतेसम्म एक हप्ते भर्ना अभियान, बैशाख ८ गतेदेखि कक्षा शुभारम्भ गर्ने निर्णय गरेको छ । क्यालेन्डर अनुसार सबै विद्यालयको चार वटै परीक्षा एकै मितिमा संचालन गरिनेछ । बिदाका हकमा वर्षे बिदा एक हप्ता, हिउँदे बिदा एक हप्ता, दशैं बिदा ११ दिन, तिहार बिदा ४ दिनको प्रस्ताव गरिएको छ । राष्ट्रिय पर्वहरुमा स्थानीय अनुकुलन हुने गरि लागू गर्ने र स्थानीय पर्वको हकमा स्थानीय बिदाबाट कटौति हुने गरी भूगोल अनुसार लागू गर्ने निर्णय गरेको छ ।
प्रस्तावित शुल्क तथा पाठ्यक्रमका हकमा नेपाल सरकार तथा स्थानीय सरकारको नीति अनुसार अर्को बैठकमा निर्णय गर्ने जनाएको छ । संगठनमा आवद्ध विद्यालयहरुले विद्यार्थीहरुको सहभागितामा विभिन्न कार्यक्रमहरु समेत गर्ने प्रस्ताव गरेको छ । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र बाँकी सदस्य रहने कमिटीमा हाल अध्यक्ष र बाँकी विद्यालयहरु सदस्य मात्रै छन् । बाँकी पदहरुको पूर्ति अर्को बैठकबाट गर्ने सहमति भएको अध्यक्ष प्रधानले बताए ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















