Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौँडामा मंगलबारदेखि जुत्ता चप्पल मेला हुने

IMG_7457-1552315840.JPG

२७ फागुन, हेटौँडा । हेटौँडामा मंगलबारदेखि मकवानपुर जुत्ता चप्पल व्यापार मेला हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको आयोजनामा २० दिनसम्म मेला हुन लागेको हो ।
हेटौँडाको पल्पसा सभागृहमा हुने मेलाको मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गर्ने आयोजकले सोमबार मकवानपुर उद्योग बाणिज्य संघमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मेला संयोजक एवं एशोसियसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले मेलामा ५० भन्दा बढि स्टलमा विएफ डियर हिल सुज, रोयल सुज, रन सुज, क्रसरोड सुज, हाईलाईफ चप्पल, सुल्याण्ड, कोशेली लगायतका ब्राण्डका एक हजार भन्दा बढि मोडलका चुत्ता चप्पल पाईने बताए । मेलामा विद्यालय पोशाक र शैक्षिक सामग्रीको स्टल समेत रहने जनाईएको छ । 
मेलामा जुत्ता, चप्पल लगायतका सामग्री खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उपाध्यायले जानकारी दिए । मेलामा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र २ करोड ५० लाख रुपैँयाको कारोबार हुने आयोजकले दावि गरेको छ । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यहरु राजकुमार न्यौपाने, अरुणराज सुमार्गी, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालका सदस्य रुद्र न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार