Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

पेनाल्टीको साहारामा मकवानपुर–११ लाई उपाधी

P1-1553952179.JPG

विजेता मकवानपुर–११

१६ चैत, हेटौँडा । पेनाल्टीको साहारामा मकवानपुर–११ ले हेटौँडामा भएको दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी हातपारेको छ । शनिबार फेरेष्ट्री खेल मैदानमा भएको फाइनल खेलमा पेनाल्टीको सहारामा मकवानपुर–११ २–१ गोल अन्तरले विजयी भएको हो । 
खेलको पाँचौ मिनेटमा यानिक ओनाले टिमको तर्फबाट खाता खोली डाफिन्सलाई अग्रता दिएपनि त्यो खुशी धेरैबेर टिक्न सकेन । खेलको ९ औं मिनेटमा पाएको पेनाल्टी मकवानपुरका योगेट गुरुङले सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको अन्तिम समयसम्म दुबै टिमबाट जितका लागि संघर्ष भएपछि ८२ मिनेटमा पुनः मकवानपुरले पेनाल्टी पायो । योगेश गुरुङले पेनाल्टीको सदुपयोगमा दोस्रो गोल गर्दै टिमलाई उपाधी जिताउन सफल भए ।
खेलमा मकवानपुरका हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपैँया प्राप्त गरे । आयोजक मकवानपुर–११ का कप्तान अशोक बराल सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ७५ हजार रुपैँया प्राप्त गरे । बराल नै उत्कृष्ट गोलरक्षक घोषित भए । उनले नगद बिस हजार रुपैँया प्राप्त गरे । मकवानपुरका योगश गुरुङ उत्कृष्ट मिडफिल्डर, रेजिन सुब्बा उत्कृष्ट फरवार्ड, विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । दाफिन्सका डिफेन्डर ओको बोटा उत्कृष्ट डिफेन्डर घोषित भए । उत्कृष्ट सवैले जनही नगद बिस÷बिस हजार रुपैँया प्राप्त गरे ।
प्रतियोगिताको विजेताले नगद आठलाख रुपैँया र उपविजेताले नगद चारलाख रुपैँया प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो ।

P2-1553952364.JPG

उपविजेता डाफिन्स


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार