Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणद्वारा ३ सहकारी अवलोकन

56248005_1533104440158567-1554465129.jpg

फोटोः रुपेश दुलाल

२२ चैत, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काभ्रे र दोलखाका दुई सहकारीको अवलोकन गरेको छ ।

सहकारीको बार्षिक कार्ययोजना अनुसार बिहिवार र शुक्रबार दुई सहकारीको अवलोकन भ्रमण गरेको हो । काभ्रेको पनौतिमा ४ वटा सहकारी एकीकरण भएर बनेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कान्छिमाया थापा, सचिव दिपकप्रसाद दाहाल र कार्यालय प्रमुख गोपाल दाहाल लगायतले सहकारी एकिकरणका अनुभव, यसका चुनौति र फाईदाको बारे अवगत गराएका थिए । त्यसैगरी, २ वटा सहकारी एकीकरण भएको दोलखाको चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र बस्नेत, सचिव रामचन्द्र दुलाल, प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत, सूचना अधिकृत पर्वत न्यौपाने लगायतले संस्था एकीकरण, संस्थाका सेवा प्रवाह, शेयर सदस्यहरूलाई प्रोत्साहनका कार्यक्रम जस्ता विषयमा जानकारी दिएका थिए । त्यस्तै, चरिकोटमै रहेको १० वटा सहकारी मिलेर बनेको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका सहायक व्यवस्थाक रमेश सापकोटा र लेखा अधिकृत भीमसेन दाहाल सहकारीको गतिविधि, एक्सेस ब्रान्ड प्राप्त गर्न गरेका काम, अाफुले फरक क्रियाकलाप लगायतको बारेमा अवगत गराएका थिए ।

३ वटा सहकारी अवलोकनका क्रममा सहभागीले सदस्य प्रवर्द्धन, सदस्य हितका गतिविधिमा विविधता, निःशुल्क विमा लगायतको बारेमा जिज्ञासा राखेका थिए । जनकल्याणका अध्यक्ष हिमाल पौडेलको नेतृत्वमा गएको ३६ जनाको टोलिमा संचालक समिति, लेखा समिति, सल्लाहकार, शेयर सदस्य लगायतको सहभागिता रहेको छ । टोलिले विभिन्न पर्यटकीय क्षेत्रको समेत अवलोकन गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार