Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

प्रदेश योजना आयोगले साता निजी क्षेत्रहरुसंग अन्तरक्रिया गर्ने

IMG_6549-1554911117.JPG

२७ चैत, हेटौँडा । प्रदेश नम्बर –३ सरकारले प्रदेशमा निजी क्षेत्रको लगानी भित्र्याउनका र निजी क्षेत्रको भुमिका प्र्रर्वद्धनका लागि साता निजी क्षेत्रहरुसंग अन्तरक्रिया गर्ने भएको छ । 
प्रदेश नम्बर ३ सरकार प्रदेश नीति तथा योजना आयोगले बुधबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै प्रदेशको विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका प्रर्वद्धन गर्ने लगायतका उद्धेश्यले प्रदेश सरकारले आउँदो वैशाख ६ र ७ गते चितवनको भरतपुरमा ७ निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम गर्न लागेको जानकारी गराएको हो । 
पत्रकार भेटघाटमा प्रदेश नीति तथा योजना उपाध्यक्ष डाक्टर खिमलाल देबकोटाले आयोगले तुलनातमक लाभका ५ वटा विकासमा क्षेत्र पहिचान गरी विकासका कि ड्राइभर  सहित नेपालकै निजी क्षेत्र संग भएको रकम प्रदेश ३ मा लगानी गरेर काम गर्ने उद्धेश्यले लगानी सम्मेलन गर्न लागिएको बताए । 
पुर्व प्रधानमन्त्री तथा पुष्पकमल दाहालले उदघाटन गर्ने कार्यक्रममा  प्रदेश ३ सरकारका मुख्यमन्त्री, विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरु, सभाभुख, उपसभामुख, सभासदज्यूहरु, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु,१३ जिल्लाका उद्योगी व्यवसायीहरु  लगायत  निजी क्षेत्रका लगानिकर्ताहरु समेत गरी करिव १ सय ५० जनाको उपस्थित रहने अनुमान गरिएको देबकोटाले जानकारी दिए । 
त्यसैगरी कार्यक्रममा बोल्दै आयोगका सदस्य डा. रामचन्द्र  ढकालले आयोगको प्रदेश ३ को पहिलो आवधिक योजना ( २०७६।७७ देखि २०८०।८१ को आधारपत्रमा उल्लेख गरिएको गुणस्तरीय पुर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच क्षेत्रमा लगानी केन्द्रीकृत गर्ने योजना रहेको भन्दै योजना अवधिका लागि कुल स्थिर लगानी रु ३२ खर्व ३७ अर्व आवश्यक हुने प्रक्षेपण आधारपत्रमा उल्लेख गरिएको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार