९ मंसिर, हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले बिहीबार हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले बिहीबार स्वागत तथा बधाई कार्यक्रम गरेका छन् ।
नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनको संयुक्त आयोजनामा भएको स्वागत कार्यक्रममा उद्योगका अध्यक्ष न्यौपानेले अन्य जिल्लामा जस्तो यहाँका ट्रेड युनियनहरुले विभिन्न बहानामा अहिलेसम्म उद्योग बन्द गरेको आफूलाई थाहा नभएको भन्दै धन्यवाद व्यक्त गरे ।
अध्यक्ष न्यौपानेले आफू भर्खर अध्यक्ष भएर आएकोले उद्योगको गतिविधीहरुको बारेमा बुझ्न केहीदिन लाग्ने भएकोले अहिल्यै आफूले यसो गर्छु र उसो गर्छु भन्दै ठूला कुरा नगर्ने बताए । एक हातले ताली नबज्ने भन्दै अध्यक्ष न्यौपानेले कर्मचारी र ब्यवस्थापनबीच तालमेल मिलाएर अघि बढ्नुपर्ने बताए ।
आफू उद्योग र मन्त्रालयबीचको पुलको काम गर्न र यहाँ देखिएका कमीकमजोरी सुधार्न आएको बताउँदै अध्यक्ष न्यौपानेले यसतर्फ ट्रेड युनियनहरुले साथ र सुधार गर्नुपर्ने पक्षहरुलाई औल्याउदै आफूलाई जानकारी दिन आग्रह गरे ।
नेपाल कारखाना श्रमिक संघकी अध्यक्ष सीता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अथितिहरु समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष विनोद लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपकसिं थोकर, उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंह, नायवमहाप्रवन्धक अलताफ अहमद, बिरेन्द्र महासेठलगायतले उद्योगको स्थिति र समस्याहरुको बारेमा अवगत गराएका थिए ।
कार्यक्रममा उद्योगका विभिन्न ट्रेड युनियनमा आवद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















