Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

ट्रेड युनियनद्वारा हेटौंडा सिमेन्टका अध्यक्ष न्यौपानेको स्वागत

1-1479993254.jpg

९ मंसिर, हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले  बिहीबार हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले बिहीबार स्वागत तथा बधाई कार्यक्रम गरेका छन् ।
नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनको संयुक्त आयोजनामा भएको स्वागत कार्यक्रममा उद्योगका अध्यक्ष न्यौपानेले अन्य जिल्लामा जस्तो यहाँका ट्रेड युनियनहरुले विभिन्न बहानामा अहिलेसम्म उद्योग बन्द गरेको आफूलाई थाहा नभएको भन्दै धन्यवाद व्यक्त गरे ।

अध्यक्ष न्यौपानेले आफू भर्खर अध्यक्ष भएर आएकोले उद्योगको गतिविधीहरुको बारेमा बुझ्न केहीदिन लाग्ने भएकोले अहिल्यै आफूले यसो गर्छु र उसो गर्छु भन्दै ठूला कुरा नगर्ने बताए । एक हातले ताली नबज्ने भन्दै अध्यक्ष न्यौपानेले कर्मचारी र ब्यवस्थापनबीच तालमेल मिलाएर अघि बढ्नुपर्ने बताए ।

आफू उद्योग र मन्त्रालयबीचको पुलको काम गर्न र यहाँ देखिएका कमीकमजोरी सुधार्न आएको बताउँदै अध्यक्ष न्यौपानेले यसतर्फ ट्रेड युनियनहरुले साथ र सुधार गर्नुपर्ने पक्षहरुलाई औल्याउदै आफूलाई जानकारी दिन आग्रह गरे ।
    नेपाल कारखाना श्रमिक संघकी अध्यक्ष सीता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अथितिहरु समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष विनोद लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपकसिं थोकर, उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंह, नायवमहाप्रवन्धक अलताफ अहमद, बिरेन्द्र महासेठलगायतले उद्योगको स्थिति र समस्याहरुको बारेमा अवगत गराएका थिए ।

कार्यक्रममा उद्योगका विभिन्न ट्रेड युनियनमा आवद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार