Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

मकवानपुरका होटललाई स्वच्छता र स्तरिकरणको आधारमा स्टिकर

IMG_7155-1556695304.JPG

सुनिल शिवाकोटी
१८ बैशाख, हेटौंडा
। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले मकवानपुरमा रहेको होटल रेष्टुरेन्टमा खाद्य स्वच्छता र स्तरिकरण गर्दै ४ सुचकका स्टिकर टास्ने भएको छ । 
 खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा आज बुधबार जिल्लामा रहेको होटल मालिक तथा होटल एसोसियशन मकवानपुर संलग्नामा उपभोक्ता भेला खाद्य स्वच्छता र होटल स्तरिकरण विषयमा कार्यक्रमको आयोजाना गर्दे यस बारेका जानकारी गराएको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा सुचना अधिकारी आकाश काफ्लेले खाद्य स्वच्छताको आधारमा होटल रेष्टरेन्ट स्तरिकरण गर्ने निर्देशिका २०७४ प्रस्तुत गर्दै उनले निर्देशिका अनूरुपनै भएको यस भेलाले ६।७ वटा समुह गठन गरी उक्त समुहले १५ दिन भित्र होटल तथा रेष्टुरेन्टको अनुगमन गरी मुल्याङक सहित दिएको प्रतिवेदनको आधार तथा होटल, रेष्टुरेन्टको स्वच्छता तथा स्तरिकरणको आधारमा ४ सुचकका स्टिकर टास गरीने बताए ।

सुचना अधिकारी काफ्लेले  चार थरिको स्टिकरमा ९० भन्दा बढि अंक आउने अतिउत्तम जसलाई क वर्गमा विभाजन गरी हरियो तिन तारा स्टिकर दिने,त्यसैगरी ८० देखि ८९ अंक आउने उत्तम जसलाई ख वर्गमा विभाजन गरी हरियो दुई तारा स्टिकर दिने, त्यस्तै ६५ देखि ७९ अंक आउने मध्यम रहने र जसलाई ग वर्गमा विभाजन गरी हरियो एक तारा स्टिकर दिने, त्यस्तै ५० देखि ६० अंक आउने सन्तोषजनक रहने र जसलाई घ वर्गमा विभाजन गरी पहेलो स्टिकर दिने बताए । 
 खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यलयका निरिक्षक खगेन्द्र प्रसाद खतिवडाले  खाद्य स्वच्छता बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तुलसी रिजालले उपभोक्ता र उपभोक्ता अधिकार विषयको बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।. 
होटल एसोसियसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च हेटौंडाका अध्यक्ष बासु खतिवडा, हेटौंडा उपमहानगरका सामाजिक विकास अधिकृत भीम प्रसाद तिमल्सिना, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष हरी हुमागाई, पत्रकार सुनिल शिवाकोति, श्रीराम अर्जून लगायतको ५० भन्दा बढि हेटोल तथा रेष्टुरेन्ट व्यवसायीहरुको उपस्तिथी रहेको थियो ।   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार