सुनिल शिवाकोटी
१८ बैशाख, हेटौंडा। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले मकवानपुरमा रहेको होटल रेष्टुरेन्टमा खाद्य स्वच्छता र स्तरिकरण गर्दै ४ सुचकका स्टिकर टास्ने भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा आज बुधबार जिल्लामा रहेको होटल मालिक तथा होटल एसोसियशन मकवानपुर संलग्नामा उपभोक्ता भेला खाद्य स्वच्छता र होटल स्तरिकरण विषयमा कार्यक्रमको आयोजाना गर्दे यस बारेका जानकारी गराएको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा सुचना अधिकारी आकाश काफ्लेले खाद्य स्वच्छताको आधारमा होटल रेष्टरेन्ट स्तरिकरण गर्ने निर्देशिका २०७४ प्रस्तुत गर्दै उनले निर्देशिका अनूरुपनै भएको यस भेलाले ६।७ वटा समुह गठन गरी उक्त समुहले १५ दिन भित्र होटल तथा रेष्टुरेन्टको अनुगमन गरी मुल्याङक सहित दिएको प्रतिवेदनको आधार तथा होटल, रेष्टुरेन्टको स्वच्छता तथा स्तरिकरणको आधारमा ४ सुचकका स्टिकर टास गरीने बताए ।
सुचना अधिकारी काफ्लेले चार थरिको स्टिकरमा ९० भन्दा बढि अंक आउने अतिउत्तम जसलाई क वर्गमा विभाजन गरी हरियो तिन तारा स्टिकर दिने,त्यसैगरी ८० देखि ८९ अंक आउने उत्तम जसलाई ख वर्गमा विभाजन गरी हरियो दुई तारा स्टिकर दिने, त्यस्तै ६५ देखि ७९ अंक आउने मध्यम रहने र जसलाई ग वर्गमा विभाजन गरी हरियो एक तारा स्टिकर दिने, त्यस्तै ५० देखि ६० अंक आउने सन्तोषजनक रहने र जसलाई घ वर्गमा विभाजन गरी पहेलो स्टिकर दिने बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यलयका निरिक्षक खगेन्द्र प्रसाद खतिवडाले खाद्य स्वच्छता बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तुलसी रिजालले उपभोक्ता र उपभोक्ता अधिकार विषयको बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।.
होटल एसोसियसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च हेटौंडाका अध्यक्ष बासु खतिवडा, हेटौंडा उपमहानगरका सामाजिक विकास अधिकृत भीम प्रसाद तिमल्सिना, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष हरी हुमागाई, पत्रकार सुनिल शिवाकोति, श्रीराम अर्जून लगायतको ५० भन्दा बढि हेटोल तथा रेष्टुरेन्ट व्यवसायीहरुको उपस्तिथी रहेको थियो ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...









-1788140988.jpg)







