१५ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ बुधबारबाट सम्पन्न भएको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा भएको महोत्सवमा १५ करोड रुपियाँ बराबरको कारोबार तथा तीनलाख जनाले अवलोकन गरेको बताइएको छ । ‘मकवानपुरको खेलक्षेत्र र पत्रकारिताको विकास गर्नका लागि आयोजना गरिएको मेला आगामी वर्ष मंसिरमा पनि गर्ने प्रतिबद्धता जनाउँन चाहान्छौं । हामीले गतवर्षबाट सुरु भएको अन्तर्राष्ट्रिय फुटबल गोल्डकपलाई निरन्तरता दिन आयोजना गरेको मेला सफल भएको अनुमान गरेका छौं’, आयोजक प्रतिष्ठान अध्यक्ष भेष खड्गीले भने ।
मेलामा विशेष गरी अटो, कपडा, भाँडाकुँडा तथा दैनिक प्रयोगमा आउने सामानहरु खरिद गर्नेको संख्या बढी रहेको बताइएको छ । राष्ट्रिय व्यापार महोत्सवसहित पाँचवटा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गरिएको यो पहिलो पटक हो ।
महोत्सवको समापन समारोहमा प्रमुख जिल्ल अधिकारी नारायणप्रसाद दुवाडीले आयव्ययको विवरण पारदर्शीढंगबाट सार्वजनिक गरेर सबैलाई मेलाप्रति अपनत्व महसुस हुने वातावरण तयार पार्न आग्रह गरे । उनले अन्तर्राष्ट्रिय फुटबल गोल्डकपको तयारी जुट्न पनि आग्रह गरे ।
महोत्सवभर विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुुतीमा दैनिक रहेको थियो । आयोजकले मेलामा रातिको समयमा पनि मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालनका लागि तयार पारेको आकर्षक स्टेजका लाइटको कारण साँझको समयमा पनि दैनिकजसो सांगीतिक कार्यक्रम भएको थियो ।
महोत्सवमा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षक थिए । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुतिले सबैको मन जितेको थियो । बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेलको रुपमा सबैले रुचाएका थिए । नेको इन्स्योरेन्स पावर्ड बाईको रुपमा रहेको महोत्सवमा फुल कन्ट्याक्ट कराँते, भलिबल कुस्ती, म्याराथन र तेक्वान्दो खेलको राष्ट्रियस्तरको प्रतियोगिता महोत्सवभर सञ्चालन भएको थियो ।
महोत्सवको विशेष आकर्षणको रुपमा कुस्ती प्रतियोगिता रहेको थियो । मेला समापन समारोहमा आयोजक प्रतिष्ठान उपाध्यक्षद्वय सविन भट्टाचार्य, विशला घोष, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमिल्सना, सल्लाहकार तथा शिक्षासेवी पुरणबहादुर जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए । वैशाख १२ गतेको विनाशकारी भूकम्पमा निधन भएका हेटौंडेली खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतिष्ठान गठन भएको हो । उक्त प्रतिष्ठानले गतवर्षको मकवानपुरको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल गोल्डकप आयोजना गरेको थियो । मेला समापनको दिनमा नेपालकी चर्चित पप गायिका तथा नेपाली ‘शाकिरा’ इन्दिरा जोशीले आफ्नो सांगीतिक कोसेली प्रस्तुत गरेकी थिइन् ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









