Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

उद्योग बाणिज्य संघले स्वर्ण महोत्सव मनाउने

mcci-logo-1480862083.jpg

१९ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५० औं बार्षिक साधारण सभालाई साप्ताहिक रुपले मनाउने निर्णय गरेको छ ।

आगामी माघ ८ गते सम्पन्न गर्ने ५०औं बार्षिक साधारण सभालाई संघले स्वर्ण महोत्सवको रुपमा भव्यताका साथ सम्पन्न गर्नकालागि संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकालको संयोजकत्वमा मूल समारोह समिति गठन समेत गरेको छ । 

संघको कार्यालयमा अाईतबार बसेको बैठकबाट स्वर्ण महोत्सवको अवसरमा विभिन्न उपसमितिले जिल्लाको आर्थिक, स्वास्थ्य, पर्यटन, खेलकुद, शिक्षा, महिला उद्यमी गतिविधिलगायतका विषयमा विभिन्न कार्यक्रम गर्ने अध्यक्ष राजकुमार न्यौपानेले बताए ।

बैठकले संघले ५० बर्षको अवधिमा गरेका मुख्य क्रियाकलापलाई समेटेर वृत्तचित्र निर्माण गर्ने, सदस्यहरुको परिचयको स्मरणात्मक पुस्तक प्रकाशन गर्ने, जिल्लाको चारै नाकामा पर्यटन सम्बन्धी होर्डिङ्ग बोर्ड निर्माण, प्रतिक्षालय निर्माण, रक्तदान, फलफूल वितरण लगायत साप्ताहिक कार्यक्रम गरिने संयोजक ढकालले जानकारी दिए ।

स्वर्ण महोत्सव समारोह कार्यक्रमका लागि संघका कार्य समिति सदस्यबाटै उपसमिति निर्माण गरिने महासचिव महेन्द्र राउतले जानकारी दिए । बैठकले संघलाई यो अवस्थासम्म ल्याई पुर्याउन अग्रजहरुको मुख्य भूमिका रहेकोले स्वर्ण महोत्सवमा उनीहरुको सम्मान गरिने समेत जनाईएकोछ ।

मकवानपुर उद्योग वाणिज्य संघ स्थानीय व्यावसायीहरुको पहलमा वि.सं. २०२३ सालमा हेटौडा व्यापार संघबाट शुरु भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार