Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

तातोपानी नाका चार वर्षपछि मंगलबार सञ्चालनमा

Tatopani-Naka-1559023281.jpg

File Photo

१४ जेठ, काठमाडौं । भूकम्प लगत्तै बन्द भएको तातोपानी नाका चार वर्षपछि बल्ल सञ्चालनमा आएको छ । 
अनौपचारिक रुपमा मंगलबार बिहान ४ वटा खाली कन्टेनर (नेपाल–चीन) पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको हो । 
सोमबार दश वटा लोडर र कन्टेनरलाई पास दिए पनि चीन पक्षबाट बल्ल सहमतिको खबर पाएपछि काम थालिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । उनले भने, ‘त्यही अनौपचारिक सहमतीमा अन्ततः तातोपानी नाका मालबाहक सामग्री निर्यात गर्दै खुल्ला भएको छ, यसले सिन्धुबासीमा खुशी थपेको छ ।’ चारै वटा कन्टेनर फर्कदा ऊनले भरिएर फर्कने उनले बताए ।
नेपाल चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनीको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर गएका हुन् । सोमबार बेलुकी नै ४ वटा कन्टेनर ‘पास सिस्टम’ सकेर तयारी हालतमा थिए । बुधबार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको शुभसंकेत दिँदै सो सामग्री राजधानी पुर्‍याइनेछ ।  
सुरक्षाकर्मीको कडा सुरक्षामा यो सबै काम हुने सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक कृष्णगोपाल गुरुङले बताए । उनले भने, ‘उनीहरुको विशेष जोड सुरक्षामा भएकाले लामो समयपछिको नाकाको श्री गणेशमा चुस्त दुरुस्त बनाउँदै कडाइ गरेका छौ ।’
साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार