Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

आरएम केमिकल डेढ बर्ष अवैध रुपमा संचालन

कागजात नबुझाएपछि हेटौँडा औद्योगिक क्षेत्रद्वारा पत्रचार

IMG_8149-1559213411.JPG

१६ जेठ, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको आरएम केमिकल्स नेपाल प्रालि डेढ बर्ष अवैध रुपमा संचालन भएपनि नियमन गर्ने निकाय बेखबर रहेको खुलेको छ । २०७२ साल असोज २० गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीको रुपमा दर्ता भएपनि उद्योग संचालनका लागि उद्योग विभागमा अनिवार्य दर्ता गर्नुपर्ने भएपनि दुई महिना अघि मात्रै इजाजत लिएको खुलेको हो । 
उद्योगले हेटौँडा औद्योगिक व्यवस्थापन कार्यालयमा उद्योगका लागि जग्गा बहालका लागि २०७४ असारमा निवेदन दिएको र असोज ६ गत जग्गा सम्झौता गरी संचालनमा आएको थियो । ‘कार्यालयले आवश्यक कागजात ३ महिनाभित्र बुझाउने शर्तमा जग्गा सम्झौता गरेपनि उद्योग विभागमा उद्योग दर्ताको प्रमाणपत्र र वातावरणीय प्रभाव मूल्यांकन (आईईई) प्रतिवेदन बुझाएको छैन ।’–कार्यालयका प्रमुख राजेन्द्र कँडेलले भने । 
३ महिनामा बुझाउने भनेको कागजात डेढ बर्ष नाघिसक्दा पनि नबुझाएपछि कार्यालयले गत चैत २७ गते कागजात बुझाउन पत्र काटेको कँडेलले बताए । ‘उद्योग विभागमा दर्ताको प्रमाणपत्र र आईईई रिपोर्ट नबुझाए सम्बन्धित निकायमा पत्रचार गर्ने छौं ।’–उनले भने । उद्योगले २०७६ बैशाख १२ गते मात्रै उद्योग दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । तर प्रमाणपत्रमै उल्लेख भए अनुसार उद्योग स्थापना, सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु पूर्व नियमानुसार आईईई गर्नुपर्ने प्रावधान पुरा नगरी प्रमाणपत्र दिईनु नै आश्चयको विषय बनेको छ । उद्योगले २० महिना अघिदेखि कानूनी प्रक्रिया पुरा नगरी उत्पादन गरेपनि नियमन गर्नुपर्ने निकायले मौन बस्नुमा आर्थिक चलखेल रहेको हुन सक्ने देखिन्छ । 
उद्योगका महाप्रवन्धक जनार्दन खरातले आफुहरुले कानूनी प्रक्रिया अनुसार नै काम गरेको दावि गरे । उनले वातावरणीय प्रभाव मूल्यांकन उद्योग विभाग र औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले नै गर्नुपर्ने दावि गरे । उनले आफुहरुले यसअघि नेशनल सोप इण्डष्ट्रिजले संचालन गरिरहेको उद्योग खरिद गरेको र २०१७ नोभेम्बरदेखि उत्पादन गरेको बताए । उद्योग साबुन, सर्फ, तेल उत्पादन गर्ने उद्योगमा १ सय २४ जना मजदुर कार्यरत छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार