Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

बानियाँको पहलमा दर्दरा-बसन्तपुर सडकमा स्ल्याब 

Slab-1560351719.jpg

२९ जेठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको पहलमा मनहरी गाउँपालिकाको वडा नम्बर ५ स्थित दर्दरा बसन्तपुर सडक खण्डमा ढलानको काम भएको छ । बानियाँको पहलमा उपलब्ध ५० लाख रुपैयाँको बजेटमा करिब ५ सय मिटर बाटो स्ल्याब ढलान भएको हो । 
मनहरी गाउँपालिकाको केन्द्र रजैया हुँदै बसन्तपुर डिल्लीपुर आवतजावत गर्ने स्थानीयको सहजताको लागि बाटो स्ल्याब ढलान गरिएको दर्दरा बसन्तपुर डिल्लीपुर सडक स्तरीकरण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर स्याङ्तानले बताए । बर्षायाममा हिलो र अन्य समयमा धुलो उड्ने बाटोमा स्ल्याब भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको अध्यक्ष स्याङ्तानले दावी गरे । बजेटबाट ६ मिटर चौडाई र २० सेन्टिमिटर मोटाईको करिब पाँचसय मिटर बाटो ढलान गरिएको छ । ‘स्टिमेटमा ४७० मिटर ढलान गर्नुपर्ने उल्लेख भएपनि हामीले करिब ५ सय मिटर सडक स्ल्याब ढलान गरेका छौँ, उनले भने, ‘नेता ईन्द्र बानियाँले चुनावको बेला गर्नुभएको प्रतिबद्धता अनुसार भएको सडक स्तरोन्नतिको काम भएको भन्दै यस क्षेत्रको अन्य सडक स्तरीकरणको लागि पनि आवश्यक सहयोग हुने अपेक्षा गरेका छौं ।’
योजनालाई तोकिएकै मितिमा तोकिएकै ढाँचामा सम्पन्न गर्न ५ नम्बर वडाबासीको योगदान रहेको स्थानीय शिवराज उप्रेतीले जानकारी दिए । स्ल्याब ढलानबाट स्थानीय करिब एक हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएको उनले दावी गरे । प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले निर्वाचनको समयमा जनताको सामु गरेको प्रतिबद्धता अनुसार आफ्नो पहलमा स्ल्याब ढलानको लागि ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको जानकारी दिँदै आवश्यकताको आधारमा बजेट उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाए ।
यस्तै ५ नम्बर वडाको बसन्तपुरमा मनहरी गाउँपालिकाबाट स्वीकृत बजेटमा नाली निर्माण तथा बाटो स्तरीकरणको काम भैरहेको छ । गाउँपालिकाको करिब २३ लाख रुपैयाँको योजनामा काम भैरहेको हो । स्थानीय उपभोक्ता समितिले बाटो निर्माणको काम धमाधम अघि बढाइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार