Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

क्षतिपूर्ति दिए सडक विस्तारमा बाधा नगर्ने

IMG_8828-1481462419.JPG

२६ मंसिर, हेटौँडा । हेटौँडाका सरोकारवालाहरुले आफुहरुलाई क्षतिपूर्ति दिए सडक विस्तारमा बाधा नगर्ने बताएका छन् । मकवानपुर उद्योग बाणिज्य संघले पूर्वपश्चिम राजमार्ग विस्तारबारे सरोकारवालाहरुसँग गरेको छलफलमा उनीहरुले आफुहरु विकास विरोधी नभएको भन्दै उचित क्षतिपूर्ति उपलव्ध भए २५ मिटर विस्तारमा बाधा नगर्ने बताएका हुन् । 
हेटौंडाका स्थानीय उद्योगी, व्यवसायी तथा घरधनीहरुले विना क्षतिपूर्ति सडक विस्तार गर्दा ठूलो आर्थिक क्षति हुने भन्दै यसबारे सचेत हुन सम्बन्धित निकायहरुलाई उनीहरुको सुझाव थियो । कार्यक्रममा हेटौंडाबासी विकास विरोधि नभएको र चलनचल्तीको मूल्यमा मुआब्जा एवम् क्षतिपूर्ति उपलव्ध भए २५ मीटर सडक विस्तारमा आफूहरुले सहयोग गर्ने कार्यक्रममा सहभागीहरुको भनाई थियो । 
संघका अध्यक्ष राजकुमार न्यौपानेले मुआब्जा सहितको सडक विस्तारमा संघको समर्थन रहेको तर बिना मुआब्जा सडक विस्तार कार्य अघि बढाईए संघकै नेतृत्वमा आन्दोलनको कार्यक्रम गर्ने भेलाले निर्णय गरेको छ । 
दशकौं देखि अन्यौलमा रहेको सडक विस्तार नहुदा २५ मीटर भित्रका जग्गा तथा भौतिक संरचनाको किनबेच र बैंकले समेत धितो राख्ने गरेको छैन । यसैगरी मकवानपुर सदरमुकाम हेटौडामा सवारी चापका कारण आवत जावतमा असर गरिरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार