Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौँडा बजारक्षेत्रमा २५ मिटरभित्र बनेका घर,टहरा हटाउन १५ दिने सुचना 

65106629_2282511135129405-1561178840.jpg

७ असार, हेटौँडा । मुख्य मन्त्री देखि हेटौँडा नगर प्रमुखको हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक दाँया र बाँया २५/२५ मिटरभित्र बनेका घर टहरा भत्काउने विषयमा  फरक फरक अभिव्यक्ति आइरहदा हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक विस्तार गर्ने कार्यले पुनः एक पटक चर्चा पाएको छ । 
डिभिजन सडक कार्यालय मकवानपुरले शनिबार कान्तिपुरमा १५ दिन भित्र हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक दाँया र बाँया २५/२५ मिटरभित्र बनेका घर टहरा हटाउन सुचना प्रकाशित भएपछि २५ मिटर सडक बिस्तार कार्यले पुनः एकाएक  चर्चा पाएको हो । 

कार्यालयले शनिवार कान्तिपुरमा  महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग /राजपथको दाँया/बाँया २५/२५ मिटर सडक अतिक्रमण गरी घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको हो  । विभागले आजको  मितिले  अर्थात असार ७ गतेको मितिले १५ दिनभित्र संरचना हटाउन आदेश दिएको छ ।
यस अघि विभागले विभिन्न मितिमा राष्ट्रिय दैनिक पत्रिकामा पटक पटक सुचना प्रकाशित गर्दै महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग /राजपथको दाँया /बाँया २५/२५ मिटर सडक अतिक्रमण गरी घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको थियो । तत्कालिन क्षेत्रीय प्रशासक बिनोद केसीले सडक विस्तारको कामलाई थालनि गरेको भएतापनि सडक छेउमा पर्ने घर धनीहरुले मुआब्जाको माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा दायर गरेपछि अदालतले तत्काल सडक विस्तारको काम रोक्न आदेश गरे पछि सडक विस्तार कार्य प्रभावित बनेको थियो । यता प्रदेशको मन्त्रीपरिषदको निर्णयले हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक दाँया र बाँया १६/१६ मिटरभित्र बनेका घर टहरा भत्काउन निर्णय गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार