भीमसेन पौडेल
१० असार, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आवको लागि ४९ करोड ९० लाख ५८ हजारको बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाईले ३ नं. वडा अध्यक्ष भागवत घिमिरेलाई सभामा आगामी आव ०७६/०७७ को बार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति प्रदान गरे पछि ४९ करोड ९० लाख ५८ हजारको बजेट पेश गरेका हुन् ।
गाउँ सभामा प्रस्तुत भएको नीति कार्यक्रम अनुसार संघिय सरकार वित्तिय समानीकरण अनुदानबाट ९ करोड ८४ लाख, प्रदेश वित्तिय समानीकरण अनुदानबाट १ करोड १ लाख संघिय सरकार राजस्व बाडफाडबाट ७ करोड ९० लाख, खानी खनिज तथा विद्युत रोयल्टी बाडफाँडबाट १ करोड ३२ लाख, प्रदेश सवारी साधन राजस्व बाडफाँडबाट १ करोड १७ लाख आम्दानी हुने उल्लेख गरिएको छ ।
यसैगरी ढुङगा, गिटी बालुवा, नदीजन्य पदार्थ राजस्व बाडफाँडबाट ४ करोड र आन्तरिक आय तर्फ २ करोड संघिय सरकार शशर्त अनुदान शिक्षा, स्वास्थ्य, कृषि, पशु, उर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १७ करोड १७ लाख, प्रदेश सरकार शशर्त अनुदान २१ लाख ८७ हजार, संघिय सरकार समपुरक अनुदानबाट २ करोड, प्रदेश सरकार समपुरक अनुदानबाट २ करोड र हेटौडा सिमेन्ट उद्योग शशर्त अनुदानबाट ५० लाख आम्मदानी हुने जनाईएको छ ।
यसैगरी खर्च तर्फ पूँजीगतमा २५ करोड ५६ लाख ७१ हजार र चालु तर्फ २४ करोड ३३ लाख ८७ हजार रहेको छ ।
नीति तथा कार्यक्रमले समग्र मकवानपुरगढीको विकासको परिकल्पना गरेको कार्यक्रममा जानकारी दिईएको थियो । कृषि तथा पशुपालन,दाना उद्योग स्थापना, सहकारी, शिक्षा, पर्यटन लगायतका विकासका पूर्वाधारलाई प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष हुमागाईले बताए ।
यसैगरी सामाजिक विकास, वित्तीय क्षेत्र, सीपमुलक तालिम, विद्यालय दिवा खाजा, स्वास्थ्य, परिवार नियोजन, खानेपानी, सरसफाई,कला, संस्कृति, खेलकुद, सूचना तथा संचार, सिंचाई,विद्युतीकरण, सामुदायिक वन तथा वातावरण लगायतका क्षेत्रहरुलाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ । आगामी आवमा ५ वटा भोलुङगे पुल र संघीय सरकार र प्रदेश सरकारको सहयोगमा पक्की पुल समेत बनाउने काम गर्ने अध्यक्ष हुमागाईले बताए ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष हर्कमाया रुम्वा, प्रमुख प्रशासकिय अधिकृत भीमबहादुर परियार, वडा अध्यक्षहरु, सदस्यहरु, पत्रकार लगायतको सहभागिता थियो ।
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । आसन्न महासमिति...
१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । नेपाली...
१३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध...
१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा...
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको...
१२ मङ्सिर, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ ।...
१२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मङ्सिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला...
१२ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
३० कार्तिक, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनाल सहितको शिशु (छोरी) फेला परेको छ । बिहीबार साँझ...
४ मंसिर,हेटौँडा । शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प...
३ मङ्सिर, हेटौंडा । हेटौंडा–६ चौघडामा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको बिषयलाई लिएर स्थानीयले सडक...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१ मंसिर,हेटौंडा । शुक्रवार साँझ हेटौंडा-१७ मा स्कुटरको ठक्करबाट एकजना पैदल यात्री महिलाको मृत्यु भएको छ । धरान...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...