Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीको बजेट ४९ करोड ९० लाख

Makwanpur-Gadi-1561477340.jpg

भीमसेन पौडेल
१० असार, हेटौँडा ।
मकवानपुरगढी गाउँपालिकाले आगामी आवको लागि ४९ करोड ९० लाख ५८ हजारको बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाईले ३ नं. वडा अध्यक्ष भागवत घिमिरेलाई सभामा आगामी आव ०७६/०७७ को बार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति प्रदान गरे पछि ४९ करोड ९० लाख ५८ हजारको बजेट पेश गरेका हुन् । 
गाउँ सभामा प्रस्तुत भएको नीति कार्यक्रम अनुसार संघिय सरकार वित्तिय समानीकरण अनुदानबाट ९ करोड ८४ लाख, प्रदेश वित्तिय समानीकरण अनुदानबाट १ करोड १ लाख संघिय सरकार राजस्व बाडफाडबाट ७ करोड ९० लाख, खानी खनिज तथा विद्युत रोयल्टी बाडफाँडबाट १ करोड ३२ लाख, प्रदेश सवारी साधन राजस्व बाडफाँडबाट  १ करोड १७ लाख आम्दानी हुने उल्लेख गरिएको छ । 
यसैगरी ढुङगा, गिटी बालुवा, नदीजन्य पदार्थ राजस्व बाडफाँडबाट ४ करोड र आन्तरिक आय तर्फ २ करोड संघिय सरकार शशर्त अनुदान शिक्षा, स्वास्थ्य, कृषि, पशु, उर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १७ करोड १७ लाख, प्रदेश सरकार शशर्त  अनुदान २१ लाख ८७ हजार, संघिय सरकार समपुरक अनुदानबाट २ करोड, प्रदेश सरकार समपुरक अनुदानबाट २ करोड र हेटौडा सिमेन्ट उद्योग शशर्त अनुदानबाट ५० लाख आम्मदानी हुने जनाईएको छ ।
यसैगरी खर्च तर्फ पूँजीगतमा २५ करोड ५६ लाख ७१ हजार र चालु तर्फ २४ करोड ३३ लाख ८७ हजार रहेको छ । 
नीति तथा कार्यक्रमले समग्र मकवानपुरगढीको विकासको परिकल्पना गरेको कार्यक्रममा जानकारी दिईएको थियो । कृषि तथा पशुपालन,दाना उद्योग स्थापना, सहकारी, शिक्षा, पर्यटन लगायतका विकासका पूर्वाधारलाई प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष हुमागाईले बताए ।
यसैगरी सामाजिक विकास, वित्तीय क्षेत्र, सीपमुलक तालिम, विद्यालय दिवा खाजा, स्वास्थ्य, परिवार नियोजन, खानेपानी, सरसफाई,कला, संस्कृति, खेलकुद, सूचना तथा संचार, सिंचाई,विद्युतीकरण, सामुदायिक वन तथा वातावरण लगायतका क्षेत्रहरुलाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ । आगामी आवमा ५ वटा भोलुङगे पुल र संघीय सरकार र प्रदेश सरकारको सहयोगमा पक्की पुल समेत बनाउने काम गर्ने अध्यक्ष हुमागाईले बताए ।  
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष हर्कमाया रुम्वा, प्रमुख प्रशासकिय अधिकृत भीमबहादुर परियार, वडा अध्यक्षहरु, सदस्यहरु, पत्रकार लगायतको सहभागिता थियो ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...

आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

थप समाचार