Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

नयाँ यातायात ऐनले लगानी सुरक्षित गर्छ : राज्यमन्त्री महतो

Tempo1-1481965587.jpg

२ पुस, हेटौँडा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सिताराम महतोले अब बन्ने यातायात ऐनले यातायात क्षेत्रको लगानी सुरक्षित गर्ने दावि गरेका छन् । टेम्पो तथा मझौला यातायात व्यवसायी संघको शनिबार हेटौँडामा रजत बर्ष एवं २५ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै राज्यमन्त्री महतोले संघिय ढाँचा अनुसार आउन लागेको यातायात ऐनले यातायात व्यवसायीको लगानी सुरक्षित गर्ने दावि गरेका हुन् ।

उनले अहिले ऐन कानून बनाउने काम भईरहेको भन्दै यसले यातायात व्यवसायी र मजदुरका अधिकार सुनिश्चित गर्नेमा ढुक्क हुन आग्रह गरे । राज्यमन्त्री महतोले सवारी क्षमता अनुसारको सडकको स्तरोन्नतीका लागि सरकारले काम गरिरहेको भन्दै मन्त्रालय यातायात क्षेत्रका सरोकारवाला पक्षसँगको समन्वयमा काम अघि बढाउने बताए । उनले लाईसेन्स प्रक्रियामा देखिएका समस्या समाधानमा पनि आफुहरु गम्भिर रहेको बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालले २० बर्ष पुराना सवारी देशभरबाट हटाउने सरकारको तयारीले यातायात क्षेत्रको खर्बको लगानी डुव्ने भएकाले माफियाहरुको चलखेलमा नलाग्न सरकारलाई आग्रह गरे । उनले यातायात क्षेत्रले अग्रिम कर बझाएपनि आफुहरुलाई सम्मानको व्यवहार नभएको गुनासो गरे । उनले यातायात क्षेत्रलाई तहसनहस बनाउने केही तत्वले मन्त्रालयको नीति निर्माणमा हस्तक्षेप गरेको दावि गर्दै यसलाई निरुत्साहित गर्न राज्यमन्त्री महतोको ध्यानाकर्षण गराए ।

टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष प्रदीपराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मालेका जिल्ला सचिव भीमसेन महत, यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, भरत तिमल्सिना, महासचिव सरोज सिटौला, यातायात मजदुर प्रतिनिधि गंगा भट्टराई, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार