Google Sketch
५ साउन, चितवन । पर्यटकीय उद्देश्यका लागि नारायणी नदीमा ‘क्रुज सिप’ चलाउने तयारी अन्तिम चरणमा पुगेको छ । मंगलपुरदेखि देवघाटसम्म चल्ने दुई तले क्रुज सिप (सानो जहाज) को तल्लो खण्ड बनाउने काम पूरा भएको समाचार कान्तिपुरमा रमेशकुमार पौडेलले लेखेका छन् ।
पर्यटकहरू बस्ने दुई तहको माथिल्लो खण्ड बनाएर आउँदो दसैंदेखि सेवा सुरु गर्ने सञ्चालकको योजना छ । राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिले देशमै पहिलो पटक क्रुज सञ्चालन गर्न लागेको हो । प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सय फिट लम्बाइ र २५ फिट चौडाइ क्रुजमा दुई सय जना अट्ने छन् । पहिलो तला वातानुकूलित ९एसी० हुने छ । दोस्रो तला खुला हुने कँडेलले बताए । भारतीय इन्जिनियर र प्राविधिकहरू चितवन नै आएर क्रुज बनाउन जुटेका हुन् । क्रुजको स्टेसन नारायणगढ बजारदेखि ६ किलोमिटर पश्चिम मंगलपुरको ज्ञानेश्वर सामुदायिक वननजिक काप्रेघाटमा रहने छ ।
काप्रेघाटमा नै क्रुज बन्दै छ । दुईवटा इन्जिन रहने क्रुजको तल्लो खण्ड बनाउने काम गत चैतको अन्तिमबाट सुरु भएको थियो । निकै महत्त्वपूर्ण मानिएको यो खण्डलाई बिहीबार पानीमा राखिएको थियो । क्रुजका आधार खण्ड पानीमा मज्जाले तैरिएपछि निर्माणमा संलग्न प्राविधिक र कम्पनी सञ्चालकहरू उत्साहित भए । क्रुजको महत्त्वपूर्ण खण्ड तयार भएको हुँदा माथिल्लो खण्ड दुई महिनाभित्रै बन्ने प्रबन्ध निर्देशक कँडेलले बताए ।
‘हामी एक वर्षदेखि अध्ययन र अनेक खालका परीक्षणमा संलग्न थियौं । नारायणी नदीमा क्रुज चल्न सक्छ भन्ने प्रमाणित भएपछि चैतको अन्तिम साताबाट निर्माणमा नैजुट्यौं । क्रुजको महत्त्वपूर्ण तल्लो खण्ड बने पनि पानीमा तैरन सक्नेरनसक्ने पक्का गरेपछि बल्ल आधिकारिक रूपमा बोलेका छौं,’ कँडेलले भने । भारत केरलाको ग्रान्डियर मरिन इन्टरनेसनलका इन्जिनियर र प्राविधिकहरू काप्रेघाटमा नै आएर क्रुज बनाउँदै छन् ।
निर्माण कम्पनीका निर्देशक इन्जिनियर ओजुस सेवासटिएनका अनुसार नर्वेजियन प्रविधिको प्रयोग गरेर क्रुज बनेको छ । ‘हामीले भारतका नदी र समुद्रका लागि पनि काम गर्दै आएका छौं । नारायणी नदीको पानीको स्तर, रफ्तार र अन्य प्राविधिक विषयलाई ख्याल राखेर काम गर्नुपर्ने भएका कारण यही नै आएर क्रुज बनाउन थालेका हौं । दुई महिनाभित्र निर्माण र साजसज्जाको सबै काम पूरा हुने छ,’ सेवासटिएनले भने ।
ज्ञानेश्वर सामुदायिक वन पछिल्लो समय भरतपुर नारायणगढ क्षेत्रको नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको छ । वन समितिले काप्रेघाट क्षेत्रमा पर्यटन प्रवर्द्धनको योजना बनाएको थियो । त्यही क्षेत्रमा राईनो वाटर इन्टरटेन्टमेन्ट फ्रालिले त्रुजको पोर्ट बनाएको छ । क्रुज चढ्नेहरूको प्रवेश शुल्क वन समितिले पाउने सम्झौता भएको कँडेलले बताए । वन समितिका अध्यक्ष राजन अधिकारी क्रुज सिप देशकै प्रमुख पर्यटकीय आकर्षण हुने बताउँछन् ।
बिहान, दिउँसो र साँझ गरेर तीन सिफ्टमा क्रुज सञ्चालन गर्ने योजना छ । दैनिक ६ सय जनाले सेवा लिन सक्ने छन् ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







