Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

चितवनको नारायणी नदीमा ‘क्रुज सिप’ चलाउने

Cruise-Ship-1563677804.jpg

Google Sketch

५ साउन, चितवन । पर्यटकीय उद्देश्यका लागि नारायणी नदीमा ‘क्रुज सिप’ चलाउने तयारी अन्तिम चरणमा पुगेको छ । मंगलपुरदेखि देवघाटसम्म चल्ने दुई तले क्रुज सिप (सानो जहाज) को तल्लो खण्ड बनाउने काम पूरा भएको समाचार कान्तिपुरमा रमेशकुमार पौडेलले लेखेका छन् ।
पर्यटकहरू बस्ने दुई तहको माथिल्लो खण्ड बनाएर आउँदो दसैंदेखि सेवा सुरु गर्ने सञ्चालकको योजना छ । राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिले देशमै पहिलो पटक क्रुज सञ्चालन गर्न लागेको हो । प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सय फिट लम्बाइ र २५ फिट चौडाइ क्रुजमा दुई सय जना अट्ने छन् । पहिलो तला वातानुकूलित ९एसी० हुने छ । दोस्रो तला खुला हुने कँडेलले बताए । भारतीय इन्जिनियर र प्राविधिकहरू चितवन नै आएर क्रुज बनाउन जुटेका हुन् । क्रुजको स्टेसन नारायणगढ बजारदेखि ६ किलोमिटर पश्चिम मंगलपुरको ज्ञानेश्वर सामुदायिक वननजिक काप्रेघाटमा रहने छ ।
काप्रेघाटमा नै क्रुज बन्दै छ । दुईवटा इन्जिन रहने क्रुजको तल्लो खण्ड बनाउने काम गत चैतको अन्तिमबाट सुरु भएको थियो । निकै महत्त्वपूर्ण मानिएको यो खण्डलाई बिहीबार पानीमा राखिएको थियो । क्रुजका आधार खण्ड पानीमा मज्जाले तैरिएपछि निर्माणमा संलग्न प्राविधिक र कम्पनी सञ्चालकहरू उत्साहित भए । क्रुजको महत्त्वपूर्ण खण्ड तयार भएको हुँदा माथिल्लो खण्ड दुई महिनाभित्रै बन्ने प्रबन्ध निर्देशक कँडेलले बताए ।
‘हामी एक वर्षदेखि अध्ययन र अनेक खालका परीक्षणमा संलग्न थियौं । नारायणी नदीमा क्रुज चल्न सक्छ भन्ने प्रमाणित भएपछि चैतको अन्तिम साताबाट निर्माणमा नैजुट्यौं । क्रुजको महत्त्वपूर्ण तल्लो खण्ड बने पनि पानीमा तैरन सक्नेरनसक्ने पक्का गरेपछि बल्ल आधिकारिक रूपमा बोलेका छौं,’ कँडेलले भने । भारत केरलाको ग्रान्डियर मरिन इन्टरनेसनलका इन्जिनियर र प्राविधिकहरू काप्रेघाटमा नै आएर क्रुज बनाउँदै छन् ।
निर्माण कम्पनीका निर्देशक इन्जिनियर ओजुस सेवासटिएनका अनुसार नर्वेजियन प्रविधिको प्रयोग गरेर क्रुज बनेको छ । ‘हामीले भारतका नदी र समुद्रका लागि पनि काम गर्दै आएका छौं । नारायणी नदीको पानीको स्तर, रफ्तार र अन्य प्राविधिक विषयलाई ख्याल राखेर काम गर्नुपर्ने भएका कारण यही नै आएर क्रुज बनाउन थालेका हौं । दुई महिनाभित्र निर्माण र साजसज्जाको सबै काम पूरा हुने छ,’ सेवासटिएनले भने ।
ज्ञानेश्वर सामुदायिक वन पछिल्लो समय भरतपुर नारायणगढ क्षेत्रको नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको छ । वन समितिले काप्रेघाट क्षेत्रमा पर्यटन प्रवर्द्धनको योजना बनाएको थियो । त्यही क्षेत्रमा राईनो वाटर इन्टरटेन्टमेन्ट फ्रालिले त्रुजको पोर्ट बनाएको छ । क्रुज चढ्नेहरूको प्रवेश शुल्क वन समितिले पाउने सम्झौता भएको कँडेलले बताए । वन समितिका अध्यक्ष राजन अधिकारी क्रुज सिप देशकै प्रमुख पर्यटकीय आकर्षण हुने बताउँछन् ।
बिहान, दिउँसो र साँझ गरेर तीन सिफ्टमा क्रुज सञ्चालन गर्ने योजना छ । दैनिक ६ सय जनाले सेवा लिन सक्ने छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार