८ साउन, हेटौँडा । हेटौँडा–१० स्थित त्रिवि अन्तगतको वन विज्ञान अध्ययन संस्थानको संरचनामा आघात पुग्ने भएकाले निर्माणका काम नबढाउन कृषि तथा वन विश्वविद्यालयको नाममा उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । बुधबार भएको दुबै पक्षका वकिलहरुको बहसपछि अदालतका न्यायाधिश टेकराज नेपाल र चण्डराज ढकालको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
अदालतले त्रिवि अन्तरगतको वन विज्ञान अध्ययन संस्थानको नाममा रहेको जग्गा मध्ये पश्चिमबाट ६० विगाह जग्गा कृषि तथा वन विश्वविद्यालयलाई दिने त्रिविले आफ्नो सभाबाट निर्णय गरेको भएपनि कृषि तथा वन विश्वविद्यालयको नाममा दर्ता भईसकेको देखिन नआएको जनाएको छ ।
‘पश्चिमबाट दिने सहमति भएकोमा पूर्व दक्षिणबाट निर्माण थालेकाले सो निर्माणबाट निवेदक क्याम्पसको संरचना समेतमा आघात पार्ने’ आदेशमा उल्लेख छ । आदेशमा ‘विवादित जग्गा विपक्षीको नाममा दर्ता भई नसकेको र तर्फमा समेत विवाद देखिंदा प्रस्तुत निवेदनमा अन्तिम टुंगो नलागेसम्म विवादित जग्गामा निवेदनमा उल्लेख भए बमोजिमको रुख कटान तथा भवन निर्माण समेतका काम नगर्नु, नगराउनु भनि माथि उल्लेखित मिति (साउन ३ गते) मा यस अदालतको एकल इजलासबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिईएको छ ।’ भनिएको छ ।
त्रिवि वन विज्ञान अध्ययन संस्थानको तर्फबाट बरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, अधिवक्ताहरु मोहनप्रसाद भट्टराई, मोहनप्रसाद ढकाल र नारायणप्रसाद खनालले बहस गरेका थिए भने कृषि तथा वन विश्वविद्यालयको तर्फबाट बरिष्ठ अधिवक्ता टंकप्रसाद दुलाल र अधिवक्ता मुकुन्दप्रसाद अधिकारीले बहस गरेका थिए ।
अदालतले साउन ३ गते अन्तरिम आदेश दिंदै दुबै पक्षलाई बुधबार छलफलका लागि पहिलो पेशी तोकेको थियो ।
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

_edit_-1792376004.jpg)
















