Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

Nepali-Congress-1565154092.jpg

२२ साउन, हेटौँडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । पार्टीका अन्तरिम संरचना गठनसम्बन्धी निर्देशिका निर्माणमा ढिलाइ भएका कारण बुधबारका लागि बोलाइएको बैठक पछाडि सारिएको हो ।  
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्दे्शिका तयारीको काम जारी रहेकाले बुधबारका लागि डाकिएको बैठक स्थगित गरिएको बताए । यस्तै अर्का केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पनि पदाधिकारीलाई जिम्मा दिइएको निर्दे्शिका निर्माणको काम पूरा नभएकाले बैठक सारिएको बताइन् ।
बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक साउन २६ गते २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बुधबारको बैठकमा अन्तरिम संरचना निर्माणका लागि तयार पारिएको निर्दे्शिकाबारे छलफल गरेर पारित गर्ने कार्यतालिका रहेको थियो ।  
साउन १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठनका लागि निर्दे्शिका निर्माण गर्ने निर्णय गरेको थियो ।  
कांग्रेसले अन्तरिम संरचना गठन तथा १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेखलाई मंसिर मसान्तसम्म अद्यावधिक गरिसक्ने पनि निर्णय गरेको थियो ।
क्रियाशील सदस्य अभिलेख अद्यावधिक गरिसकेपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने कांग्रेसमा सहमति जुटेको छ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार